मन्त्रालय तानिएका महानिर्देशक डा. पन्त विभागमै फिर्ता, डा. पौडेललाई पोखरा फर्काइयो

काठमाडौँ, २९ माघ । सर्बोच्च अदालतको अन्तरिम आदेशपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागको जिम्मेबारी पुन : डा. राजेन्द्र पन्तलाई दिएको छ । डा. पन्तले आज मन्त्रालय पुगेर महानिर्देशकको जिम्मेबारी पाएको पत्र बुझिसकेका छन् ।

विभागमा डा. पन्तलाई फिर्ता गरेपछि मन्त्रालयले नयाँ महानिर्देशक बनेका डा. तारानाथ पौडेललाई पनि पूर्ववत रुपमा दरबन्दी रहेको कार्यालय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामामै फर्किएर काम काज गर्न पत्र पठाइएको छ ।

गत ३० पुसमा स्वास्थ्य मन्त्री दीपक बोहराले मन्त्रीस्तरीय निर्णय गर्दै विभागका महानिर्देशक डा. पन्तलाई मन्त्रालय तानि उनको ठाँउमा पश्चिमाञ्चल क्षेत्रीय अस्तपाल पोखराको इमरजेन्सी विभाग प्रमुख रहेका डा . पौडेललाई ल्याएका थिए ।

सो निर्णय भएको करीब अढाई साता पछि अर्थात १७ माघमा डा. पन्त सर्बोच्च गए र १८ माघमा सरुवाको निर्णय कार्यान्वनय नगर्न नगराउन मन्त्रालयका नाममा अन्तरिम आदेश बोकेर आए । सो आदेश भएको करीब १० दिनपछि डा. पन्तले पूर्ववत रुपमा महानिर्देशकको जिम्मेबारी सम्हाल्ने पत्र पाएका हुन् । 

‘मैले आज पत्र बुझिसकेँ, आज दिउसो गएर महानिर्देशकको जिम्मेबारी सम्हाल्छु,’  डा. पन्तले छोटो प्रतिक्रिया दिए । मन्त्रालयका उपसचिव बाबुराम खनालले डा. पौडेललाई पहिलेकै दरबन्दी भएको ठाँउ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गएर काम गर्न पत्र पठाइएको बताए ।

डा. पौडेलले दर्ता गरेको भ्याकेटको सुनुवाई आगामी आइतबार

उता डा . पन्तलाई महानिर्देशककै रुपमा काममा फर्काउने अन्तरिम आदेश खारेजी हुनुपर्ने भन्दै गत विहिबार भ्याकेट हाल्न सर्बोच्च पुगेका डा. पौडेलको पेशी आउँदो आइतबारका लागि सरेको छ ।

यसअघि हिजो आइतबारका लागि पेशी तोकिएको थियो । तर हिजो नै उनको पेश आउँदो आइतबारका लागि सरेको हो । हिजो भ्याकेटको निर्णय आउन सक्ने भन्दै मन्त्रालयले डा पन्तलाई पत्र दिएको थिएन । एक पेशी एक साताका लागि सरेपछि आज विहानै डा.  पन्तलाई बोलाएर पत्र थमाएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *