बन्दुकधारीको आक्रमणमा परेकी गर्भवतीले घाइते अवस्थामै जन्माइन बच्चा

नयाँदिल्ली, २८ माघ । भारत स्वसाशित क्षेत्र काश्मिरमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै एक बालिकालाई जन्म दिएकी छिन् ।

बन्दुकधारीहरुले गोली हानेपछि सैनिक अस्पतालमा भर्ना भएकी ती घाइते महिलाले शनिबार अस्पतालमै बालिका जन्माएको भारतको सैनिक स्रोतले जनाएको छ ।

पाराम्जीत कउर नाम गरेकी ती महिला र उनकी बालिकाको अवस्था अहिले राम्रो रहेको अधिकारीहरुले जानकारी दिएका छन ।

गर्भवती ती महिलालाई पछाडपट्टी तल्लो भागमा गोली लागेको थियो । घाइते भएपछि उनीलाई सेनाको हेलिकोप्टरमार्फत् तत्काल अस्पताल पुर्याइएको थियो ।

सन्जुवान सैन्य कार्यालयमा भारतीय सुरक्षाकर्मी र लडाकूहरुकाबीचमा झडप हुँदा ती भर्ववती महिलालाई गोली लागेको थियो ।

ती महिलालाई अस्पतालमा तत्काल भर्ना गरेर बच्चा जन्माउनका लागि आवश्यक औषधिहरु दिइएको थियो ।

बच्चा जन्मिएपछि मात्र उनको चोटको उपचार सुरु गरिएको अरुपताल स्रोतले जानकारी दिएको छ ।

सो घटनामा परी तीन जना लडाकू र दुई जना भारतीय सुरक्षाकर्मीहरु मारिएका भारतीय सैन्य स्रोतले थप जानकारी दिएको छ ।

एके ५६ राईफलसहित विभिन्न विस्फोटक पदार्थ तथा हातहतियारहरु सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *