गोविन्द ‘अकेला’को नेतृत्वमा राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघको नयाँ समिति

काठमाडौँ, २७ माघ । राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। आज भएको संघको पहिलो राष्ट्रिय सम्मेलनले गोविन्द अकेला पौडेलको अध्यक्षतामा २६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।

सम्मेलनले उपाध्यक्षमा सरोज अधिकारी र दीपेन्द्र मिश्र चयन भएका छन् । सचिवमा संजय साह, कोषाध्यक्षमा रोशनी सापकोटा, सहसचिवमा लेखनाथ भट्टराई, सह कोषाध्यक्ष श्याम जोशी चयन भएका छन्।

‘पेशागत सुरक्षा, गुणस्तरमा प्रतिबद्धता र समाज रुपान्तरणमा ऐक्यबद्धता’ भन्ने नारा सहित आयोजित सम्मेलनमा प्रयोगशालाको गुणस्तरका विषयमा छलफल भएको थियो।

ललितपुरस्थित सिद्धार्थ कटेजमा भएको पहिलो सम्मेलनको उद्घाटन गर्न नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पुगेका थिए ।

नवनियुक्त अध्यक्ष पौडेलले चिकित्सा प्रयोगशालाका क्षेत्रमा कार्यरत जनशक्तिको पेशागत सुरक्षा, गुणस्तरमा जोड, प्रयोगशालाका क्षेत्रमा नीतिगत सुधार र यो क्षेत्रमा रहेका चुनौतीको समाधान गर्नेतर्फ जोड दिने बताए।

नयाँ समितिको कार्यकाल तीन बर्षको रहनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *