नवलपुरमा जिल्ला अस्पताल स्थापना गर्न पहल

नवलपरासी, २७ माघ । नवलपरासीको(बर्दघाट सुस्ता पूर्व) जिल्लामा जिल्ला अस्पताल स्थापनाका लागि पहल थालिएको छ ।

हाल सो जिल्लामा केही महिनाअघि जिल्ला स्वास्थ्य कार्यालय स्थापना भए पनि सरकारी स्वामित्वको जिल्ला अस्पताल हालसम्म स्थापना हुनसकेको छैन् ।

वर्तमान दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी जिल्ला अस्पतालको रुपमा विकास गर्न पहल थालिएको केन्द्रका सञ्चालक समितिका अध्यक्ष एकदेव पौडेलले जानकारी दिए ।

यसका लागि नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालासहितको टोलीले सो केन्द्रलाई जिल्ला अस्पतालका रुपमा स्तरोन्नति गर्न माग राख्दै बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।

यसैबीच सो टोलीले मुख्य सचिव लोकदर्शन रेग्मीसँग पनि भेटघाट गरी जिल्ला अस्पताल स्थापना गर्न यसबारे विस्तृत जानकारी गराएको छ । सो भेटघाटको क्रममा टोलीसँग प्रधानमन्त्री देउवासहित मुख्य सचिव रेग्मीले जिल्ला अस्पताल स्थापना गर्न सक्दो सहयोग गर्ने प्र्रतिबद्धता व्यक्त गरेको केन्द्रका सञ्चालक समितिका अध्यक्ष पौडेलले जानकारी दिए।

अहिले नवलपरासी – ९बर्दघाट सुस्ता पूर्व० जिल्लामा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी जिल्ला अस्पतालको रुपमा विकास गर्न सो स्थान उपयुक्त मानिएको छ, २०३६ सालमा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको हो ।  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *