भद्रपुर नगरपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र बनाइने

भद्रपुर, २७ माघ । भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले आफ्ना पाँच वर्षको कार्यकालमा नगरपालिकालाई पृथक ढंगले विकास गरी नमूना नगरपालिका बनाउने उद्घोष गरेका छन् ।

जिल्ला समन्वय समित झापाद्वारा शुक्रबार गरिएको अनुगमनमा नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको चौतर्फी विकास गर्न आफूलगायत सबै जनप्रतिनिधि लागिपरेको बताउँदै यसका लागि तत्काल गर्न सकिने र दीर्घकालीन महत्व राख्ने योजना तयार गरी विकासलाई गति दिने जानकारी दिए ।

उनले नगरमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र र संग्रहालय बनाइने, विषादीरहित तरकारी तथ कृषि प्रणालीलाई टेवा दिनेजस्ता कार्यक्रम राखिएको जानकारी दिए ।

अनुगमनमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, जिल्ला समन्वय अधिकारी खेमराज ओझासहितको टोली संलग्न थियो । नगरपालिकाका प्रशासकीय अधिकृत काजीमान राईले नगरपालिकाका योजना र कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *