ई-सिगरेटको प्रयोगले पनि घातक रोग निम्त्याउँछ : नयाँ अध्ययन्

एजेन्सी । चुरोट सेवनले मानव स्वास्थ्यलाई पार्ने असरबारे जनचेतना बढदै गएका बेला ई-सिगरेटले आफ्नो बजार विस्तार गरेको छ । चुरोटकै तलतल मेटाउने तर चुरोटले जस्तो स्वास्थ्यमा हानी नगर्ने भन्ने प्रचारले ई-सिगरेटको बजार विस्तार भएको हो । तर हालैको एक नयाँ अध्ययनले सो प्रचारलाई गलत सावित गरिदिएको छ ।

‘अमेरिकन जर्नल अफ रेस्पिरेटोरी क्रिटिकल कियर मेडिसिन’ मा प्रकाशित नयाँ  अध्ययनले ई – सिगरेटको सेवनले फोक्सोको रोगप्रतिरोधात्मक शक्ति (इम्युनिटी पावर)लाई खराबी गर्ने बताइएको छ ।

अध्ययनकर्ता डा. मोहम्मद कास्मिर भन्छन्, ‘हाम्रो अध्ययनले ई-सिगरेटको कारणले फोक्सोको रोग प्रतिरोधक क्षमता निकाल्ने प्रोटिनहरुको मात्रा तथा यसको बनावट परिवर्तन हुन सक्ने देखाएको छ ।’

सो अध्ययनमा १५ जना ई-सिगरेट पिउने, १४ जना चुरोट पिउने र १५ जना कुनै सिगरेट नपिउने व्यक्तिहरुको खकार संकलन गरिएको थियो । संकलित खकारमा प्रोटिनको मात्रात्मक अध्ययन्, प्रोटिन कोषहरुको छुट्टाछुट्टै तथा एकमुष्ट अध्ययन्, त्यसको डीएनए परीक्षण लगायतका मापन गरिएको थियो ।

अध्ययनमा चुरोट पिउने र ई-सिगरेट पिउने व्यक्तिमा थियोरोडोक्सिन नामक प्रोटिनको मात्रा नपिउनेको तुलनामा निक्कै बढी थियो ।
थियोरोडोक्सिन सामान्यत फोक्सोको संक्रमणलाई निरुत्साहित गर्न निस्कने प्रतिरोधात्मक प्रोटिन हो ।

यसैगरी ई-सिगरेट पिउनेमा न्युटोफिल ग्लानुरोसाइट तथा मार्टिक्स मेटालोप्रोटिनाइटिस -९ (एमएमपी -९)को मात्रा चुरोट पिउने र चुरोट नापिउनेको तुलनामा बढी पाइयो । यो प्रोटिन पनि फोक्सोमा लाग्ने घातक रोगसंग सम्बन्धित छ।

म्युसिनको मात्रा भने चुरोट पिउनेमा बढी , चुरोट नपिउनेमा तथा ई-सिगरेट पिउनेमा उस्तै मात्रामा भेटियो । जबकी म्युसिनको कम्पोजिसन (जुन फोक्सोको रोग संग सम्बन्धित छ ) भने चुरोट पिउने र ई- सिगरेट पिउनेमा उस्तै भेटिएको छ।

यिनै अध्ययन्को तथ्यांकलाई विश्लेषण गर्दा ई-सिगरेटलाई चुरोटको विकल्पको रुपमा प्रयोग गर्न नसकिने र यो बिषयमा थप आवश्यक रहेको अध्ययनकर्ताहरुको निस्कर्ष छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *