राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा आयोग अध्यक्षमा डा. केके ओली

काठमाडौँ, २४ माघ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा आयोगको अध्यक्षमा प्राडा कृष्णकुमार ओली (के के ओली ) सिफारिस भएका छन् । उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ( आइओएम)का प्राध्यापक हुन् ।

गत २२ माघमा बसेको प्रतिष्ठानको पहिलो बैठकमा उपकुलपति प्राडा संगिता भण्डारीले सेवा आयोगका अध्यक्षमा प्राडा ओलीलाई नियुक्त गर्न सिफारिस गरेकी थिइन । तर आचारसंहिता लागेका कारण सो दिन निर्णय हुन सकेन ।

बैठकले सोही दिनउपकुलपति काठमाडौँ विश्वविद्यालय, देव नारायण चौधरी दाङ,  नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कनौडिया, प्राडा सलमा केसी राई, विसुप्रसाद सुवेदी र नवराज ढकाललाई सभाको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिष्ठानका रेक्टर प्राडा रतिन्द्रनाथ श्रेष्ठले निर्वाचन आचारसंहिताका कारण केही प्रस्तावहरु निर्णय हुन बाँकी रहेको बताए । उनले आचारसंहिता हटेपछि सिफारिसहरु निर्णय भई कार्यान्वनयमा आउने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *