याद गर्नुहोस ! यस्तो लक्षण मुटु रोगको हुनसक्छ..

- नेपाली हेल्थ
डा. प्रकाशराज रेग्मी, बरिष्ठ मुटुरोग विशेषज्ञ
  • मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा वा मुटु दुखेमा ।
  • शारीरिक परिश्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम हुन्छ भने ।
  • दम–खोकी भएका रोगीको खुट्टा सुन्नियो भने ।
  • घाँटीबाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेको छ भने ।
  • मुटुभित्रको चाप बढ्यो भने ।
  • औँलाका टुप्पा, ओठ र जिब्रो नीलो देखियो भने ।
  • औँलाका टुप्पा बाक्ला र चाक्ला भएमा, नङको जरा मासुबाट बाहिर निस्किई छालामुनि आएर बसेको छ भने ।
  • एक मिनेटमा ६० देखि एक सयपटक धड्किनुपर्ने मुटु प्रतिमिनेट ४५ पटकभन्दा कम धड्किन पुग्यो भने ।
  • मुटु चल्दाचल्दै ढ्याक्क केहीबेर रोकिएको अनुभव हुन थाल्यो भने ।
  • मुटु छिटोछिटो दौडिएको अनुभव हुन थाल्यो भने ।
  • कफमा रगत देखाप¥यो तर एक्स–रे गरेर हेर्दा टिबी वा क्यान्सर देखिएन भने ।
  • अनायास हात, खुट्टा, औँला, मुख, ओठ झड्का दिँदै चलाइरहन्छ र यो चलाइ उसको नियन्त्रणभन्दा बाहिर रहेको देखियो भने ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *