पोखराका स्वास्थ्यकर्मीको माग : संघ र प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय

पोखरा, २१ माघ । स्वास्थ्य सेवा अन्तरगर्तका विभिन्न पेशागत संगठनका प्रतिनिधि सम्मिलित भेलाले संघ र प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय हुनुपर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न उक्त भेलाले संघ र प्रदेश अन्तरगर्त रहने स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाका मात्रै कर्मचारीको व्यवस्थापन गर्न माग गरेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ जिल्ला समन्वय समिति कास्कीका तिर्थराज आचार्यले संघीयता कार्यान्वनय गर्ने क्रममा स्वास्थ्य माथि गरिएको भेदभावपूर्ण व्यवहार विरुद्ध स्वास्थ्यकर्मीहरु एकजुट भएको बताए । उनले भेलाले गरेका निर्णयहरु मुख्यमन्त्री तथा प्रदेशको मन्त्रिपरिषद् कार्यालयमा बुझाउने बताए ।

भेलामा स्वास्थ्य सेवा अन्तरगर्त कार्यरत विभिन्न कार्यलयका स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *