दाह्री पाल्ने पुरुषमा छालाको क्यान्सर हुने सम्भावना कम : अध्ययन्

एजेन्सी । हिजो आज हामीकहाँ युवा तथा किशोरहरुमा दाह्री पाल्ने फेसन नै चलेको छ । यसले युवा तथा किशोरको सुन्दरता तथा व्यक्तित्वमा कति फाइदा गर्छ थाह छैन तर यसरी पाल्ने दाह्री स्वास्थ्यका लागि भने बढो लाभदायक देखिएको छ ।

अष्ट्रेलियास्थित किंशल्याण्ड विश्वविद्यालयका एक जना प्रोफेसरले डा एमड फ्रेडम्यानको नेतृत्वमा भएको एक अनुसन्धानले दाह्री पाल्ने व्यक्तिमा सूर्यको प्रकाशबाट आएर छालामा असर गर्ने हानिकारक विकिरण (अल्ट्राभोइलट – रे)बाट ९० देखि ९५ प्रतिशत सम्म जोगाउँछ ।

यद्धपी रिसर्चले सन्सस्क्रिनको तुलनामा दाह्री प्रभावकारीता पुगिनसकेको स्पष्ट पारेको छ । यसले अल्टाभोइलट विकिरण सिधै छालामा जानबाट रोक्छ ।

अनुसन्धानकर्ताका अनुसार छालालाई कोमल र मुलायम बनाउन, अनावश्यक पिम्पल्सहरु आउनबाट रोक्न मात्रै होइन यसले त छालाको क्यान्सर हुने सम्भावना समेत निकै घटाउँछ ।

डर्माटोलोष्टि समेत रहेका डा फ्रेडम्यान भन्छन्, ‘सूर्यको किरण बुढो पन देखाउन तथा छालालाई विगार्न प्रमुख कारक हो । तर यदि तपाँईको अनुहारमा दाह्रीले ढाकेको छ भने तपाईको छाला वा अनुहारको चमक नै बेग्लै हुन्छ । र बुढ्यौलो देखिने सम्भावना समेत कम भएर जान्छ ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *