के अल्कोहलको सेवनले शरीरलाई फाइदा गर्छ ?


एजेन्सी । अल्कोहल प्रयोगको बारेमा मानिसहरुमा विभिन्न खालका धारणा पाइन्छ । कसैले अल्कोहल स्वस्थ शरीरका लागि हानिकारक पदार्थको रुपमा औल्याएका छन्, कसैले यसको ठिक्क प्रयोग शरीरका लागि लाभदायक हुने दावी गरेका छन् । बास्तविकता के हो त ?

जनस्वास्थ्यका विज्ञहरुका धारणा मान्ने हो भने अल्कोहलको अति प्रयोग स्वास्थ्यका लागि घातक हुन्छ । त्यसैले उनीहरुले अल्कोहलको प्रयोग ठिक्क रुपमा प्रयोग गर्न सुझाव दिएका छन् ।

तर ठिक्क भनेको कति हो ? विज्ञहरुका अनुसार अल्कोहल पिउने स्टाण्डन्र्ड हरेक देशमा एउटै छैन । उनीहरु भन्छन्, अमेरिकामा एक महिलाले एक दिनमा १४ ग्राम (१ ड्रिंक ) र पुरुषले २८ ग्राम (२ ड्रिंक ) अल्कोहल पिउन गाइडलाइन बनाइएको छ । तर बेलायतमा पुरुष र महिला दुवै लाई प्रति हप्ता ११२ ग्राम (८ ड्रिंक ) पिउन सकिने गाइडलाईन दिईएिको छ ।

नेसनल इन्स्टिच्युट अन अल्कोहल एब्युज एण्ड अल्कोहलिज्म का अनुसार अल्कोहलमा प्रतिग्राम ७ क्यालोरी हुन्छ (फ्याट मा प्रति ग्राम ९ क्यालोरी हुन्छ)।  यस्तै अल्कोहललाई कलेजोले प्रोसेस गर्दा केहि मात्रा सास, पिसाब र पसिनाबाट गन्धको रुपमा शरीर बाहिर निस्कन्छ ।

सो इन्स्टिच्युटले अल्कोहलको प्रयोग, यसले हुने फाइदा र बेफाइदाका बारेमा अरु कुरा पनि भनेको छ ती कुराहरु यस्ता छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *