क्यान्सरका बिरामी सबैभन्दा बढी हुने जिल्ला काठमाडौँ र काभ्रे

भक्तपुर, २० माघ । नेपालमा क्यान्सरका बिरामीको संख्या सबैभन्दा बढी काठमाडौँ र काभ्रेपलाञ्चोकमा रहेको तथ्य सार्वजनिक भएको छ ।

अर्बुदरोग दिवसका अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा. ऋषिकेशनारायण श्रेष्ठले एक वर्षका अवधिमा उपचार गरिएका बिरामीमध्ये काठमाडौँका ३४९ र काभ्रेपलाञ्चोकका १९१ रहेको बताए ।

त्यस्तै भक्तपुरका १७८, ललितपुरका १५० र सिन्धुपाल्चोक १३८, मोरङका १२९, झापाका ११९, सुनसरीका १०२ दोलखाका ९५ र मकवानपुरका ९० जना क्यान्सरका बिरामीले अस्पतालमा उपचार गराएको डा श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएका पाइएको छ । अस्पतालका अनुसार एक वर्षमा महिला ४६२ मा पाठेघरको मुखको क्यान्सर, ४२२ मा घाँटीको क्यान्सर र ३३७ जनामा स्तन क्यान्सर देखिएको छ । टाउको र नाकमा हुने क्यान्सर
२९३ जनामा देखिएको छ ।

६० हजार क्यान्सरका बिरामीको उपचार
भक्तपुर क्यान्सर अस्पतालले मात्रै एक वर्षमा करिब ६० हजार क्यान्सरका विरामीको उपचार गर्ने गरेको छ । अस्पतालको तथ्यांकअनुसार सन् २०१२ देखि २०१७ सम्मको पाँच वर्षका अवधिमा नेपालमा अर्बुदरोगीको संख्या वृद्धि हुँदै गइरहेको छ ।

सन् २०१२ मा अस्पतालले २८ हजार ३६६ बिरामीको उपचार गरेकामा २०१७ सम्म आइपुग्दा दोब्बरभन्दा धेरै अर्थात् ६८ हजार ४४१ पुगेको अस्पतालका प्रशासक राजाराम तजलेले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *