चिकित्सकीय लापरवाहीको आरोप : भ्रम, यथार्थ र हाम्रो नियति

– डा. कृष्णप्रसाद पौडेल

चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशा अन्यन्त सम्वेदनशील र जिम्मेवारी सहितको पेशा हो । मानव जीवनको जन्मदेखि मृत्युसम्म साथै मृत्यु पश्चात पनि कमसेकम पोस्टमोर्टम सम्म गर्ने हामी स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहन्छ ।

चाहे त्यो, विशेषज्ञ चिकित्सक होस या नर्स अथवा ल्याव टेक्निसियनको भूमिकामा क्रियाशिल व्यक्ति नै किन नहोस । र त्यो भूमिकामा उत्रिएका पनि छन् ।

हेरौँ न, स्वास्थ्य सेवामा कार्यरत कुनै कर्मचारीहरुको न नियमित रुपमा छुट्टी हुन्छ न अवकाश, न त पर्वमा विदा, न रातमा विदा, न बाढी बाढी पहिरो, न भूकम्प आदि आदि । त्यसैले यो पेशालाई संसारमै गौरबशाली पेशा (Noble Profession ) मानिन्छ ।

मेडिकल प्राक्टिसलाई विज्ञान (scinece) र कला (Art) को उच्चतम समायोजन (balance) भनिन्छ तर जीवन सधै सजिलो छैन । यो महत्वपुर्ण अवस्थाको जिम्मेवारी वहन गर्दा यदाकदा मानवीय एवं व्यक्तिगत त्रुटि वा कमी कमजोरी हुने गरेको पाइएको छ ।

यद्धपी यस्तो त्रुटि नहोस भनेर हामीसबै चनाखो र सम्वेदनशील हुनै पर्छ । यसमा केहि compromise हुनै सक्दैन तर कतिपय अवस्थामा श्रोत साधनको कमि पनि कारक बन्न सक्छ ।

जस्तो: सबै सुत्केरी हुने ठाउँमा शल्यक्रिया गर्ने सुबिधा पुरयाउन सकिएको छैन र सबै ठाउँमा अझै धेरै बर्ष सम्भव देखिदैन । तर त्यहाँ उपयुक्त तालिम प्राप्त स्वास्थ्यकर्मी र अति आवश्यक उपकरण त हुन पर्यो नि कतिपय अवस्थामा उपकरण वा प्रविधि वा औषधीको नकरात्मक असर हुने गर्दछ ।अथवा कुनै शल्यक्रियामा कुनै प्रमाणित जटिलताहरु हुन सक्छन यो कुरा विरामी पक्षले बुझ्न जरुरी छ र बुझाइन पनि जरुरी छ ।

उपचार लिदा कुनै उपचार पद्धतीको बारेमा बुझेर सम्भावित जटिलताहरु बुझेर सम्बन्धित स्वास्थ्यकर्मी एवं चिकित्सकलाई परामर्श गरेर मात्र यो सेवा लिन पर्छ । जस्तो उदाहरणका लागि छारे रोगको कुनै औषधि सेवन गर्दा Steven Johnson yndrome हुन सक्छ भनेर चिकित्सक र pharmacist ले सचेत गराउने हो । के भएमा के गर्ने सम्झाउने हो तर त्यो भएमा सो चिकित्सक को लापरवाही हुदैन र कति कुरा मौखिक रुपमा बुझाउन पनि सकिन्छ ।

फेरी सबै कुरामा लिखित गर्ने हो भने अहिले कै अवस्थामा हामीमा उपलब्ध प्रविधिले कति जना लाई दिन सक्लान त्यो पनि विचार गर्नु पर्ने हुन्छ । धेरै जसो औषधिहरुको एलर्जी हुन सक्छ तर कसलाई के को एलर्जी छ भन्ने थाहा हुदैन ।अनि कतिपय एलर्जी जस्तै : ANAPHYLAXIS भनिने गम्भीर प्रकृतिको एलर्जीमा ज्यानै जान सक्छ ।

त्यसो सोच्ने हो भने त कुनै औषधि चलाउन पनि डर लाग्ने हुन सक्छ । त्यसैले कतिपय अवस्थामा जोखिम त मोल्ने पर्ने हुन्छ । साथै कहिले काही उपचारका कुरा पुरा नगर्दा वा फलोअप नगर्दा वा बेलैमा देखाउँना नजादा कतिपय समस्याहरु भएका छन् र विविध कारण ले यस्ता अवस्था वा समस्याहरु आएका छन् ।

जति गुणस्तरको कुरा गरेपनि हाम्रा स्वास्थ्यकर्मीले अहिले दिएको सेवामा यो लेवेलको सबै कुरा लिखितम गर्ने बेला आएको छैन् किनकि कतिपय सरकारी अस्पतालमा सिमित साधन स्रोत र समयमा तीन देखि ५ सय सम्म बिरामीहरु हेर्नु पर्ने बाध्यता हुन्छ ।

बहिरंगमा आएका बिरामी फर्काउने सकिने अवस्था पनि छैन । यसर्थ आवश्यकता उपलब्धता अनि आफ्नो परिस्थिति सबैलाई तौलेर मात्र यी सबै कुरामा PROTOCOL वा Standard Operating Procedure (SOP) बनाउन सकिन्छ।

विश्व स्वास्थ्य संगठनले पारित गरेको स्वास्थ्यकर्मी र बिरामीको अनुपात दर तथा आवश्यक उपकरणको क्षेत्रमा अझै धेरै गर्न बाँकी छ । बिशेष गरि विरामी को हित चितार्इ गरिने वा गर्नु पर्ने निर्णयहरु सबै प्रिय नहुन पनि सक्छन । अनि विज्ञान सधै परिवर्तनशील नै रहन्छ । जे आज हामीले सत्य सोचेका छौ त्यो अर्को सत्य थाहा पाएपछि असत्य हुन सक्छ । जसरी व्यक्ति व्यक्ति फरक छौँ उपचारमा हुने साइड असरहरु पनि व्यक्ति विशेषमा फरक हुन सक्छ ।

एउटा विरामीलाई क्षयरोगले ज्यान लिन सक्छ तर उपचार नगरिकन पनि त्यहि क्षयरोगको किटाणू शरीरमा पुगेको अर्को व्यक्तिलाई त्यसले कुनै असर नगर्न सक्छ । त्यसैले वास्तवमा मेडिकल क्षेत्र आफैमा विशाल समुन्द्रको ज्ञान भण्डार जस्तै हो । सबैलाई सबै कुरा को जानकारी हुनै पर्छ भन्ने पनि छैन ।

एउटै विषयका विशेषज्ञहरुमा त मतहरु फरक फरक हुन सक्छन् भने देश काल परिस्थितिले गर्ने निर्णयमा प्रभाव पार्छ नै । त्यसैले यो सम्वेदनशील क्षेत्रको रिपोर्टिङ गर्ने साथीहरुले यी कुरामा पनि ध्यान पुरयाउन जरुरी छ । र स्वास्थ्यकर्मीहरुले पनि पत्रकारितामा लागेका साथीहरुलाई धक नमानी सिकाउन तथा कमी कमजोरी औल्याइदिन र अवस्थाको बारेमा खुलस्त बताइदिन आवश्यक छ ।

के हो मेडिकल नेग्लीजेन्स वा अर्थात लापरबाही ?

Negligence वा लापरवाही लाईफोरेन्सिक  मेडिसिनमा यसरि ब्याख्या गरेको छ, बिशेष गरि Act of Omission र  Act of Commission जसमा एउटा जिम्मेबार पेशाकर्मी ले आफ्नो पेशागत धर्म निभाउदा महत्वपुर्ण कुरा छुटाइएको वा गर्नु नहुने कुरा गरिएको  छ भने ।

कतिपय अबस्थामा यी कुराहरु चिकित्सक वा स्वास्थ्यकर्मीले प्रभाबकारी परामर्श अथवा counselling नभएको भन्ने बुझिन्छ वा उपचारका विभिन्न चरणहरुमा उपचार पद्धति उपचारमा फाइदा बेफाइदा जटिलता उपचार शुल्क बैकल्पिक उपचार वा उपाय बारेमा बुझाइएको हुनुपर्छ । र यो बुझाउने प्रक्रिया पनि भाषागत जटिलता , JARGON प्राबिधिकशब्द हरु को प्रयोग, तथा प्रभावकारी संचारका विभिन्न barrier वा बाधाहरु ले प्रभावित पार्छन ।

यसबाहेक  बिरामी वा अभिवाबकको शिक्षाको स्तर अनि चिकित्सक वा स्वास्थ्यकर्मीहरुको व्यवहार एवं बोल्ने तरिका र दिने समय ले पनि प्रभाव पार्छ । यसर्थ यी सबै कुराहरुमा सम्बेदनशील हुन अती आवश्यक छ ।

साथै यो बिषयको गम्भीरतालाई दुवै पक्षले  राम्ररी महत्व दिएर हेरेको राम्रो हुन्थ्यो । काउन्सेलिंग वा परामर्श मा सबैले बुझने गरि शव्दहरुको चयन,  प्रयोग र समय दिन सके कति राम्रो हुन्थ्यो । बिरामीपक्षले  पनि आफुलाई परेको बेला ध्यान पुर्बक सुनेर प्रति प्रश्न गरेर निर्णय गरेमा यस्ता आशंका बाट मुक्त हुन सजिलो हुन्थ्यो I कुरा राम्ररी नबुझी हल्लाका  पछाडी लगेर कतिपय निर्णय गरेका दृष्टiन्त  पनि छन् धेरै पटक I

विशेषज्ञताको सिमितताले  गर्दा कतिपय चिकित्सकले नै गर्नु पर्ने कार्यहरु अन्य टिमका  सदस्यलाई जिम्मा लगाउने पनि गरिएको छ साथै यस्ता स्वास्थ्यकर्मीहरुलाई तालिम अभ्यासको व्यवस्था पनि गरिएको छ तर पनि केहि सम्बेदनशील बिषय प्रमुख ले नै बुझाउने अभ्यास पनि छ र साथै स्वास्थ्य सेवामा टिम को ठुलो महत्व छ  I टिम मा कतै जिम्मेबारी बहनमा कमि कमजोरी देखिएमा टिमको प्रमुख जिम्मेबार हुने पनि छ यसर्थ अहिलेको तरल अवस्था मा अन्य क्षेत्र जस्तै स्वास्थ्य क्षेत्र पनि अत्यन्त प्रभावित हुन पुगेको छ I यो  अवस्था  सधै रहनु कसैको पनि हित मा हुदैन I

निजी क्षेत्रले पनि लापरबाहीका घटनालाई विशेषज्ञद्धारा छानबिनको सट्टा लाखमा मृत्यु साटीदिने अनि निष्पक्ष छानबिन नहुनुले समस्या बढेको हो । यस्ता गतिविधिले चिकित्सकले लापरबाही नै गर्दा रहेछन भन्ने सन्देश जान्छ आम जनमानसमा ।

अहिले धमिलोपानीमा माछा मार्ने ततव निकै सल्बलाएको अवस्था छ । लापरबाही भन्यो, आन्दोलन गरयो पैसा असुल्यो आफूले प्रतिशत खाने तत्व हावी भएको अवस्था छ । यसमा अस्पताल चिकित्सक र सम्वन्धीत सरोकारवालाहरु सतर्क हुन जरुरी छ । यसमा मिडियाको रोल त झनै महत्वपूर्ण हुन्छ ।

त्यसैले घटना घटी हाल्यो भने तत्काल बैज्ञानिक अनुसन्धान हुन जरुरी छ । यसमा बरु मेडिकल काउन्सिलले पनि चासो देखाउन जरुरी छ ।कहिलेकाँही राम्रो गर्न खोज्दा खोज्दै पनि दुर्घटना हुने हुनाले यस्तो बेलामा इन्स्योरेन्सको आवश्यकता देखिएको छ । त्यसले गर्दा फेरी उपचार को मूल्य चै वृद्धि हुन सक्छ र यसबाट हुन सक्ने फाइदा बेफाइदा तौलेर मात्र निर्णय लिनुपर्ने हुन्छI

 

यी कुराहरु गरिरहँदा चिकित्सा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी चिकत्सक नर्स तथा प्यारामेडिक्सहरुको आ आफ्नै कथा व्यथा छन् ।जति आन्दोलन र अनसन भए पनि एउटा चिकित्सा शिक्षा व्यवस्थित हुन सकेको छैन । नर्स तथा प्यारामेडिक्स उत्पादन गर्ने कलेजहरुका गुणस्तर तथा सम्वन्धनका चलखेलह, महंगो शुल्कका कुरा भनिसाध्य छैन । अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि अहिले गुट र लुटतन्त्र मौलाउँदै गएको छ भनेर भन्न गाह्रो हुँदैन । पैसावाललाई इज्यत दिने हाम्रो सामाजिक मान्यताको जरो अझै सुकेको छैन ।

एउटा चिकित्सक वा स्वास्थ्यकर्मी मात्रै यो समाजबाट मुक्त हुन्छ जस्तो पनि लाग्दैन । किनकी समाज त यहि हो । नराम्रो नै गर्छु बदमास नै हुन्छु भन्ने त हुँदैन होला तर कहिलेकाँही हेलचेक्राई गरेको वा यो सम्वेदनशील पेशा हो भन्ने कुरा नबुझेको हो कि जस्तो लाग्छ ।

त्यसलै नियमनकारी निकायले यसमा चनाखो हुन जरुरी छ । हामी स्वास्थ्यकर्मीले पनि यसलाई गम्भीर रुपमा लिएर कमी कमजोरीलाई ढाक्ने होइन त्यसलाई सुधार गर्नै तर्फ लाग्नै पर्छ । कमी कमजोरी लुकाउने र सच्याउन अप्ठ्यारो मान्ने हो हामीमा लाग्दै आएका आरोपहरुले झनै प्रयस पाउँछ ।

# बरिष्ठ बालरोग विशेषज्ञ डा. पौडेल हाल ‘युनिभर्सिटी अफ मेलबर्न’ अष्ट्रेलियामा एमपीएच गर्दैछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “चिकित्सकीय लापरवाहीको आरोप : भ्रम, यथार्थ र हाम्रो नियति

Leave a Reply

Your email address will not be published. Required fields are marked *