बर्दियामा पाँच वर्षयता भेटिए ६९६ जना कुष्ठरोगी

बर्दिया, १६ माघ । बर्दियामा पाँच वर्षभित्र कुष्ठरोगका नयाँ बिरामी ६९६ जना फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज जंग शाहले जानकारी दिए ।

उनले कुष्ठरोग मुक्त समाज निर्माण, बालबालिकामा शून्य अपांगता हाम्रो अभियान’ भन्ने मूलनाराका साथ मनाइरहेको ६५ औँ विश्व कुष्ठरोग दिवशका अवसरमा पत्रकारसँगको अन्तक्र्रियामा सो जानकारी दिएको हो । उनका अनुसार गतवर्ष कुष्ठरोगी बढेका थिए औषधि खानेमा तीन हजार २१५ जना थिए भने यस वर्ष दुई हजार ६२६ जना उपचार लिने बिरामी छन् ।

पहिलेको तुलनामा बिरामी घट्दै छन् यस वर्षको पहिलो चौमासिकमा २७ जना बिरामी पत्ता लागेका र सबैभन्दा बढी गुलरिया नगरपालिकामा रहेको उनले बताए ।

निःशुल्क उपचारका लागि सिफारिश

यसैबीच, बर्दियाबाट क्यान्सर रोगीलाई २०६८ देखि २०७४ सालसम्म ४५८ जनालाई निःशुल्क उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयले सिफारिश गरेको शाहले बताए ।

त्यसैगरी सिकलशेल रोगका बिरामी ३८२ लाई, २२८ मुटुरोगकालाई, १५१ जना मिर्गौला रोगका बिरामी, १३ जना स्पाइनल इजुरी, एकजना हेडइन्जुरी गरी जम्मा ६१० जना महिला र ६२३ जना पुरुष समेत जम्मा एक हजार २३३ जनालाई निःशुल्क उपचारको लागि सिफारिश गरी पठाएको जानकारी दिए ।

यस्तै, निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा ५४८ जनाले सेवा पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्यअनुसार ८०० लाई बन्ध्याकरण गर्नुपर्नेमा अबको १० दिनभित्रमा लक्ष्य पूरा हुनसक्ने सूचना अधिकृत कृष्णगोपाल चौधरीले जानकारी दिए ।

उनका अनुसार स्थायी बन्ध्याकरण गर्नेमा महिला ९३ प्रतिशत छन् भने पुरुष सात प्रतिशत मात्र छन् । पुरुषले रोजगारीको सिलसिलामा घरबाट बाहिर जानुपर्ने भएकाले कमजोर शरीर हुने भएको हुँदा उनीहरु बन्ध्याकरण गर्न नमान्ने चौधरीको भनाइ छ ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *