राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन, रेक्टर र रजिष्टार नियुक्त

काठमाडौँ, १२ माघ । सरकारले निर्वाचन आचार संहिता लागू हुनु एक दिन अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त डीन, रेक्टर र रजिष्टार पदमा पदपूर्ति गरेको छ । स्वास्थ्य मन्त्री दीपक बोहराले विहीबार मन्त्रीस्तरीय निर्णय मार्फत रिक्त पदहरुमा पदपूर्ति गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानको रिक्त डीन पदमा प्राडा रितु बराल र रेक्टरमा प्राडा रतिन्द्र नाथ श्रेष्ठ नियुक्ति पाएका छन् । रजिष्टारमा कसको नियुक्ति गरिएको भन्ने बारेमा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

डीनमा नियुक्त भएकी बराल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्याथोलोजिष्ट हुन् । यस्तै रेक्टरमा नियुक्त प्राडा श्रेष्ठ भने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व सहायक डीन हुन् ।

सबै नियुक्ति प्रतिष्ठानको उपकुलपति प्राडा संगिता भण्डारीको सिफारिसमा सहकुलपति  मन्त्री बोहराले गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *