एक दिनमा पानी कति पिउने ? कति कति बेला पिउने ?

एजेन्सी – पानी स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा हामीलाई थाह नै छ । तर कतिवेला कति मात्रामा पानी पिउने भन्नेकुरा सबैलाई थाह नहुन सक्छ ।

चिकित्सकहरुले सामान्य त प्रत्येक दिन ठूलो गिलासको आठ गिलास पानी पिउन सल्लाह दिने गर्दछन् तर त्यो पानी कतिवेला पिउनु पर्छ भनेर बताएका हुँदैनन । तर हामीले केही विज्ञसंग यसबारेमा कुरा गरी पानी पिउने ठीक समयको बारेमा जानकारी लिने कोषिश गरेका छौँ ।

कतिवेला पिउने पानी ?

विहान उठनासाथ एक गिलास पानी पिऔँ : विहान उठनासाथ एक गिलास पानी पिउनु राम्रो हुन्छ । यसले शरीरका अंगहरुलाई क्रियाशिल बनाउँछ । विज्ञहरुका अनुसार विहानको खाजा खानु अघि नै पानी पिउन सकियो भने शरीरका विषाक्त पदार्थ शरीरबाट निकाल्न सहज हुनेछ ।

खाना खानु भन्दा पहिले एक गिलास पिउँ :
खाना खानुभन्दा आधा घण्टा पहिले नै कम्तीमा एक गिलास पानी पिएको राम्रो मानिन्छ । यसले पाचन प्रणालीलाई सहयोग पुरयाउँने विज्ञहरु बताउँछन् ।

खाना खाएपछि एक गिलास पानी पिउँ :
खाना खाएपछि एक गिलास पानी पिएको राम्रो यसले शरीरको पाँचन शक्तिलाई थप सहयोग पुरयाउँछ । तर अति पहिला र अति पछि चाहि नपिएको राम्रो ।

नुहाउनु भन्दा अघि एक गिलास पानी पिएको राम्रो :
नुहाउनु अघि एक गिलास पानी पिउँदा रक्तचापको स्तर ठिक हुनजान्छ । यसैले नुहाउनु अघि पनि एक गिलास पानी पिएको राम्रो मानिन्छ ।

सुत्नु अघि एक गिलास पानी पिउनु राम्रो :
सुत्नु भन्दा अघि एक गिलास पानी पिउँदा रातीको समयमा शरीरमा हुनेवाला पानीको नोक्सानको पूर्ति हुनसक्छ । त्यसैले सुत्नु अघि एक गिलास पानी पिएको राम्रो मानिन्छ ।

तर विज्ञहरुले यो पनि भनेका छन् कि शरीर, बाताबरण, काम अनुसार पनि पानी पिउने मात्रा र समय फेरबदल गर्न सकिन्छ । जस्तै कडा शारीरिक परिश्रम गर्ने व्यक्तिका लागि ८ गिलास पानी पर्याप्त नहुन सक्छ । गर्मी ठाँउमा बस्ने व्यक्तिका लागि पनि सो मात्रा नमिल्न सक्छ । बच्चा र बृद्धको तुलनामा युवाहरुका लागि पानी धेरै चाहिन सक्छ । त्यसैले माथिको मापदण्डमा आवश्यकता अनुसार थपघट गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *