तपाईँको भोजन निन्द्रा जगाउने कि भगाउने ? थाह पाउनुस्

 

दिनभरीको व्यस्त र तनाव जीवन पछि राति पल्टनासाथ मिठो निन्द्रा लागोस् भन्ने चाहना सबैको हुन्छ । तर कहिलेकाँही तपार्इँ निदाउन चाहँदा चाहँदै पनि निदाउन गाह्रो हुन्छ । र तपाईँ निन्द्रा नलाग्नुको कारण तपाईँको काम अस्त व्यस्त जीवन इत्यादिलाई कारक मान्न थाल्नु हुन्छ । तपाईँलाई थाह होला निन्द्रा लगाउन र भगाउन तपाईँले खाने भोजनको भूमिका एकदमै महत्वपूर्ण हुन्छ । आज हामी तपाईँलाई त्यहि भोजनका बारेमा जानकारी गराउनेछौँ :

१.  निन्द्रा जगाउने : दूध

गाउँघरतिर सुत्नु अघि एक गिलास दूध पिउने चलन हुन्छ, किनभने दुधले निन्द्रा जगाउने काम गर्छ । दूधमा पाइने एमिनो एसिड ट्रिप्टो फ्यानले सेरोटोनिन भनिने मस्तिष्कको रसायनलाई क्रियाशिल गरी निद्रा लगाउन मद्दत गर्छ ।

२. निन्द्रा भगाउने : वाइन 

अध्ययनहरुले वाइन पिउनु मुटुको लागि राम्रो देखाएका छन् तर निन्द्राको दृष्टिकोणले हेर्दा भने वाइनले निन्द्रा भगाउने काम गर्छ । त्यसैले मिठो निन्द्रा चाहनु हुन्छ भने सुत्नुअघि वाइन नपिउनु होला ।

३. निन्द्रा जगाउने  : भात/चामल


भात अथवा चामललाई तौल बढाउने खानाको रुपमा लिइन्छ तर पोषण विशेषज्ञहरुले भने ठिक्क मात्रामा खानु फाइदाजनक हुने बताउछन् । भात हल्का हुने भएकोले आफ्नो शरीरलाई चाहिने हिसाबले खाएमा त्यसले लाभ पुरयाउने बताउछन् । यतिमात्रै नभई मिठो निन्द्रा लगाउन पनि मद्दत गर्छ ।

४. निन्द्रा भगाउने : डार्क चकलेट / कफि


डार्क चकलेट खानु तथा कफि पिउनु स्वस्थ्यको लागि फाइदाजनक नै हुन्छ । तर याद गर्नुस् सुत्नु अगाडि चकलेट खाने र कफि पिउने गर्नुभयो भने यसमा प्रसस्त मात्रामा पाइने क्याफेन नामक रसायनले तपाईँलाई निन्द्रा लाग्न दिनेछैन ।

५ . निन्द्रा जगाउने : केरा


केरा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । तनावको बेलामा केरा खानुस् यसमा पाइने पोटासियमले तनाव कम गर्न मद्दत गर्छ । यसमा पाइने म्याग्नेसियमले मांसपेसीलाई आराम दिन्छ । त्यतिमात्रै नभई केरामा पाइने कार्वोहाइड्रेटले तपाईँलाई मिठो निन्द्राको दुनियामा लैजान मद्दत गर्छ ।

६. निन्द्रा भगाउने : चिकेन/पनिर करी 


चिकेन/पनिर करीमा प्रसस्त मात्रामा क्यालोरी हुने हुँदा यसले तपाईँलाई निन्द्रा लाग्न दिदैन र गहिरो निन्द्राबाट टाढा राख्छ । त्यसैले सुत्नु अगाडि चिकेन÷पनिर करी खान कम गर्नुस् ।

७. निन्द्रा जगाउने : भेजिटेबल सुप (सब्जीको झोल)


सब्जीको झोल तथा त्यसमा भएको नरम सब्जीका टुक्राहरु पचाउन सजिलो हुने हुँदा तपाईँको पाचन प्रक्रियालाई ओभर टाइम काम गर्न पर्दैन । यसले तपाईँलाई मिठो र गहिरो निन्द्रा लाग्न मद्दत गर्छ ।

८. निन्द्रा भगाउने : ग्रिन टी


तपाईँ अचम्मित हुनुभयो होला तपाईँले सधैभरी स्वस्थ मानेको ग्रिन टीलाई निन्द्रा भगाउने पदार्थ भित्र राख्दा तर बास्तविकता त्यहि हो । पोषण विशेषज्ञका अनुसार ग्रिन टी दिउसोमा पिउन एकदमै लाभदायक हुन्छ । तर त्यही ग्रिन टी रातिमा पिउनुभयो भने त्यसमा हुने क्याफेइनेल तपाईँको निन्द्रा भगाउने काम गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *