न्यूजिल्याण्डकी प्रधानमन्त्रीद्धारा आफू गर्भवती भएको घोषणा

बीबीसी । न्यूजिल्याण्डकी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन्। सरकार प्रमुखले आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेको यो विरलै घटना हो।

यसअघि बेनेजिर भुट्टोले सन् १९९० मा आफू पाकिस्तानको प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएकी थिइन्। उनले बच्चा जन्मिएको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले आफ्नो पदको जिम्मेवारी सम्हाल्ने पनि बताएकी छन्।

समर्थन
३७ वर्षीय आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धन बनाएपछि न्यूजिल्याण्डकी सन् १८५६ यता कै सबैभन्दा कान्छी प्रधानमन्त्री भएकी थिइन्। शुक्रबार आफ्नो सामाजिक सञ्जालमा गर्भवती भएको घोषणा गरेपछि उनलाई व्यापक समर्थन आएको छ।

प्रधानमन्त्री आर्डनले आफ्ना प्रेमी क्लार्क गेफोर्डले घरमा बसेर सन्तान हेर्ने बताइन्। आर्डनले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘हामीलाई लाग्यो कि सन् २०१७ महत्वपूर्ण वर्ष हो।’

नेतृत्व
आर्डनको पार्टीले सेप्टेम्बरको चुनावमा दोस्रो स्थान पाएको थियो भने कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका थिएनन्। लेबर पार्टीले पिटर्सको फर्स्ट पार्टीसँग गत वर्षको अक्टोबर महिनामा गठबन्धन गरेको थियो।

उक्त ६ हप्ताभर आफू उपप्रधानमन्त्रीसँग सम्पर्कमै रहने र आवश्यकता पर्दा जुनसुकै बेला उपलब्ध हुने उनले एउटा विज्ञप्तिमार्फत बताएकी छन्।

आर्डनले आफू प्रधानमन्त्री हुनु ६ दिनअघि आफू गर्भवती भएको थाहा पाएको र त्यो पूर्ण रूपमा अचम्मित पार्ने खालको भएको बताएकी हुन्।

उनले उक्त विज्ञप्तिमा बच्चासँगै काम गर्ने महिला आफूमात्रै नभइ थुप्रै भएको र यसअघि थुप्रै महिलाले यस्तो गर्दै आएको बताएकी छन्।उनलाई बधाई दिनेको शुरुको सूचीमा न्यूजिल्याण्डका दुई पूर्व प्रधानमन्त्रीहरू रहेका छन्।

आर्डनले गत जुलाईमा लेबर पार्टीको नेतृत्व सम्हालेकी थिइन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *