अनुसन्धानबाट प्रमाणित भएका महका यस्ता छन् फाइदा

मह मन नपर्ने सायद कोही नहोला । परापूर्व खाल देखि नै मानिसहरुले महलाई खान मात्र नभई होइन स्वास्थ्य उपचारमा पनि प्रयोग गर्दै आएका छन् । कतिपयले यसलाई घाउमा प्रयोग गर्छन, कतिपय ज्वरोलाई सन्चो गराउँन, कतिले एसिडिटी तथा अन्य रोगहरुको उपचारमा पनि प्रयोग गर्दै आएका छन् ।

अहिले भने महले क्यान्सर मुटु रोग ठिक गर्ने, अल्सरको सम्भावना क मगर्ने , पाचन प्रक्रियालाई सजिलो बनाउने, रगतमा चिनीको मात्रा नियमन गर्ने, खोकी ठिक पार्ने , शारीरिक तन्दुरुस्ती बढाउने आदि कार्यमा निकै ठूलो भूमिका खोल्ने दावी गरिदै आएको छ । र यी दावीहरुमध्ये कतिपय बैज्ञानिक रुपमा प्रमाणित समेत भइसकेका छन् ।

महका बारेमा ती प्रमाणित दावीहरु यसप्रकार छन् :

एन्टी व्याक्टेरियल प्रोपर्टी :
महले किटाणुहरुलाई मार्ने कुरामा कुनै दुई मत छैन । अनुसन्धानकर्ताहरु महको प्रयोग इकोलाई, साल्मोनेला आदि किटाणुको विरुद्ध निकै प्रभावकारी रहने जनाएका छन् ।

न्युजिल्याण्डमा पाइने ‘मनुका’ नामक मह र मलेसियामा पाइने ‘तुअलांग’ नामक मह पेप्टिक अल्सर गराउने किटाणु ‘एच पाइरोली’ को विरुद्ध लड्न निकै फाइदाजनक हुने बताइएको छ । महमा हुने हाइट्रोजन पेरोक्साएड र यसको यसिडिक प्रकृतिले गर्दा किटाणु विरुद्ध लडन सक्ने बनाउँछ ।

यसकारण पनि महलाई घाउ ठिक पार्न प्रयोग गरिन्छ । यस्तै अल्सर, जलेको छाला, विविरा आदिलाई ठिक गर्न पनि निकै प्रभावकारी मानिन्छ ।

घाँटीको उपचारका लागि :
हालै १३९ जना बच्चाहरुमा गरिएको अध्ययन अनुसार महले रातीमा खोकी लाग्ने समस्या अहिले प्रयोगमा आएका औषधिरुले भन्दा चाँडो ठिक पार्ने देखियो । त्यस्तै इटालीमा गरिएको अर्को अध्ययनले खोकी मात्रै नभई स्वासप्रस्वास प्रक्रियामा समेत लाभदायी भएको पाइयो ।

तर सचेत रहनुहोस एक बर्ष भन्दा कम उमेरका बच्चाहरुलाई महको सेवन गर्न दिनु हुँदैन । किनभने ती बच्चाहरुमा महमा हुनसक्ने अन्य विकारहरुलाई पचाउन सक्ने पाचन प्रक्रिया विकसित भईसकेको हुँदैन ।

शारीरिक तन्दुरुस्ती :
खेलाडीहरुलाई खेलको दौरान के खाँदा बढी शक्ति र स्टामिना प्राप्त हुन्छ भन्ने विषयमा बहस भैरहेको छ । यसैक्रममा युनिभर्सिटी अफ मेम्फिसमा गरिएको एक अध्ययनमा खेलाडी तथा शारीरिक क्रियाकलापमा लाग्ने व्यक्तिहरुमा महको सेवन ग्लोकोजको सेवन भन्दा बढी फाइदाजनक रहने पाइएको छ । यसको मतलव तपाईँ नियमित जीम तथा व्यायममा सक्रिय हुनुहुन्छ भने महको सेवन गर्न नभुल्नुहोला ।

क्यान्सर, मुटुरोग र मधुमेह :
मधुमेह भएको मुसामा गरिएको एक अध्ययनले महको सेवनले रगतमा ग्लुकोजको मात्रा रेगुलेट गर्न मद्धत गर्ने पाइएको छ । तर विशेषज्ञहरु भने मानिसमा यो अध्ययनको नतिजा पुरा नआईसकेको जनाउँदै महको सेवन नगर्न बताउँदै आएका छन् ।

यसैगरी ल्यावमा गरिएको अध्ययनमा क्यान्सर र मुटुरोगको लागि पनि मह प्रभावकारी रहने भेटिएको भएपनि यसलार्य मानिसमा परीक्षण गर्न बाँकी नै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *