सरकारी प्रतिनिधि र नर्सिङ प्रतिनिधिबीचको बार्ता भोलि बस्नेगरी टुंगियो

काठमाडौँ, ३ माघ । नर्सहरुले उठाएका मागका विषयमा सरकारी प्रतिनिधि र नर्सिङ संघका प्रतिनिधिबीचको बार्ता विहीबार विहान ११ बजे बस्ने गरि स्थगित भएको छ ।

एघार बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका नर्सका मागका विषयलाई सम्वोधन गर्न भन्दै स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय बार्ता टोली गठन गरेको थियो ।

बार्ता टोलीमा स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारी, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. गुणराज लोहनी, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ र नर्सिङ अधिकृत अमृता पहाडी रहेका छन् । बार्ता समितिको सदस्यसचिव चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछाने तोकिएको छ ।

टोली सदस्य भण्डारीले आज पहिलो चरणको बार्ता भएको र यसमा नर्सिङ प्रतिनिधिसंग उठाएका मागका विषयमा जानकारी लिने र छलफल गर्ने काम भएको बताए । उनले विहीबार ( भोली) ११ बजेका लागि पुन बार्ताको समय तोकिएको भन्दै त्यसपछि मागका विषयमा बुँदागत रुपमा छलफल हुने र समाधानको प्रयास गरिने बताए ।

यता नर्सिङ संघले भने आफ्ना माग पुरा नगरे भोलीबाट एक सिफ्ट डिउटी नै छाडेर आन्दोलनमा उत्रिने बताइसकेको छ ।

मानवअंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सको पुनर्वहाली लगायतका अन्य ११ बुँदे माग सहित नर्सिङ संघ विगत ८ दिन देखि आन्दोलनमा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *