तीन दिन देखि डीन विहीन आइओएम

काठमाडौँ, १ माघ । २७ पुसमा प्राडा शशी शर्माको पदावदी सकिएपछि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीन विहीन बनेको छ । पूर्व डीन प्राडा जगदीश अग्रवालले २८ पुस देखि आइओएमको डीनको जिम्मेबारी आफूले सम्हालेको बताएका थिए । तर उनको सो दावीलाई आइओएम प्रशासनले  गलत भएको भएको जनाएको छ ।

आइओएम प्रशासन प्रमुख निर्मल मिश्रले २८ पुस देखि डीनको पद खाली भएको बताए । उनले दैनिक काम सहायक डीनले सम्हालेको जानकारी दिए ।

‘सबैलाई थाह भएको कुरा हो सर्बोच्चको आदेश आउनु अघि डीनमा प्राडा अग्रवाल हुनुहुन्थ्यो । २३ पुसमा प्राडा शशी शर्माले आफू पुनर्वहाली भएको त्रिविबाट पत्र लिएर आउनुभयो र उहाँ हाजिर हुनुभयो । २७ पुस पछि उहाँको पदावधी सकियो । त्यसपछि कोही पनि डीनको रुपमा आएको छैन । त्रिविले कसैलाई जिम्मेबारी दिएको छैन । यो बीचमा दैनिक काम सहायक डीनहरुले गरिरहनु भएको छ,’ मिश्रले भने ।

किन ढाँटे अग्रवालले ?

प्राडा जगदीश अग्रवाल

गत २८ पुसमा नेपाली हेल्थसंग कुरा गर्दै डा अग्रवालले आफू सर्बोच्चको आदेश अनुसार डीनको रुपमा कार्यभार सम्हालेको बताएका थिए । उनले त्यति मात्रै भनेनन सो दिन डीनकै रुपमा एमबीबीएसको काउन्सिलिङमा बसेको जानकारी दिए ।

प्राडा शशीको पदावधि सकिएपछि नयाँ डीन हुने छुट्टै प्रक्रिया थियो । नयाँ डीन तत्काल नभएमा त्रिवि कार्यकारीले तीन महिनासम्मका लागि कसैलाई डीनको रुपमा जिम्मेबारी सम्हाल्न पत्र दिनु पर्दथ्यो तर प्राडा अग्रवालले प्राडा शर्माको मुद्धाको फैसलामा आफ्नो नियुक्तिलाई गैरकानूनी नभनेको भन्दै आफू २८ पुस पछि डीनकै रुपमा हाजिर भएर काउन्सिलिङमा बसेको बताएका थिए ।

त्रिविबाट चिठी नलिइ प्राडा अग्रवालले डीनको जिम्मेबारी सम्हालेको भन्दा धेरैले कानून विपरित कार्यमा साथ दिएको भन्दै प्राडा केसीकै समेत आलोचना गरेका थिए । त्यसो त डा केसी पक्षका वकिलहरुले सर्बोच्चको आदेश अनुसार अग्रवाल डीनका रुपमा जान सक्ने बताएका थिए ।

प्राध्यापकको रुपमा हाजिर, डीन भएको हल्ला
२८ पुसको मध्यान्न तिर आइओएम पुगी डीनको रुपमा हाजिर गर्न खोजेका अग्रवाललाई आइओएमका कर्मचारी तथा कानूनी सल्लाहकारले त्रिविको पत्र विना हाजिर गर्न नमिल्ने बताएका थिए ।

उनले त्यसपछि पूर्ववत रुपमा प्राध्यापकको रुपमा हाजिर गरे । तर मिडियामा आफू प्राध्यापकको रुपमा काममा फर्किएको हल्ला चलाए ।

‘खासमा सो दिन दिउसो आएर हाजिर गर्न के गर्ने भनेर सोधनु भएको थियो । हामी त्रिविको नियम अनुसार नै चल्ने हो । पत्र विना डीनको रुपमा हाजिर गर्न मिल्दैन भन्यौँ । त्यसपछि प्राध्यापकको रुपमा हाजिर हुनु भएको छ,’प्रशासन प्रमुख मिश्रले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *