एमबीबीएसको आरक्षित कोटालाई साधारण कोटामा परिणत गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, ३० पुस । सर्बोच्च अदालतले एमबीबीएसको आरक्षित कोटालाई साधारण कोटामा परिणत गर्ने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को निर्णय तत्काल कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायधीश मिरा खड्काको एकल इजलासले सो आदेश दिएको हो । सो इजलासले रिट विरुद्ध छलफल गर्न आगामी ७ मागमा दुबै पक्षलाई झिकाएको छ ।

आरक्षणमा कोटामा विद्यार्थी भर्ना गर्न मापदण्ड नपुगेको भन्दै सो कोटालाई साधारण कोटामा परिणत गर्ने निर्णय भएको भन्दै आइओएमले गत २५ पुसमा सूचना निकालेको थियो ।

आइओएमको सो निर्णयले गरीवहरुको अधिकार खोसिएको भन्दै निर्णय खारेजीको माग गर्दै अजयकुमार पासीले सर्बोच्चमा रिट दायर गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *