नियमित प्रक्रिया अन्तरगर्त काममा फर्कें : प्राडा जगदीश अग्रवाल

प्राडा जगदीश अग्रवाल

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीन आजबाट तपाईँ हो ?

हो । म नियमित काममा फर्किसकेँ । डीनको रुपमा हाजिर भइसकेँ । विश्वविद्यालयले केही फर्मालिटिज पुरयाउनुपर्ने छ भने पनि त्यो आफ्नो ठाँउमा छ । अदालतको आदेश अनुसार हो भने त केही फर्मालिटिज पनि गर्नु पर्दैन जस्तो लाग्छ । त्यसैले काममा फर्किसकेँ ।

आज के काम गर्दै हुनुहुन्छ ?

अहिले एमबीबीएस विद्यार्थीहरुको काउन्सिलिङ चलिरहेको छ । म त अहिले काउन्सिलिङमै बसि रहेको छु ।

कतिपयले बीचमा अर्को व्यक्तिको पुनर्वहाली भएपछि अगाडीको डीन हाजिर हुन मिल्दैन भन्ने पनि गरेका छन नि ? अर्थात प्राडा शशी शर्माको कार्यकाल सकिएपछि डीन पद खाली भयो, नयाँ डीन बन्न सुरु देखिकै प्रक्रिया चाहिन्छ या त काम चलाउको लागि त्रिविको चिठी चाहिन्छ भन्दा रहेछन् नि ?

मैले अघि नै भनिसकेँ नि त्यो फर्मालिटीको कुरा हो । त्यसो गर्नुपर्ने हो भने त त्रिविले हिजो नै गर्नुपथ्र्यो नि । किनभने अरु कोही नयाँ आएको पनि छैन, नयाँ प्रक्रियाको सूचना पनि छैन । मलाई पनि केही चिठी छैन भने त त्यस्तो केही नहोला नि । नभए त आजको मितिमा त आइसक्नु पर्ने थियो नि । डीनको सिट खालि राख्ने कुरा त भएन नि । मलाई त यो नियमित प्रक्रिया जस्तो लाग्छ । कोर्टको आदेश पनि यस्तै थियो जस्तो लाग्छ ।

तपाईँ चार दिन अघि डीन हुँदा र अहिले डीन बन्दा परिवेश फरक छ । त्यो भनेको तपाईँको सट्टामा अर्को डीन आए लगत्तै डा गोविन्द केसी अनसन बस्नु भयो, डा केसीको अनसन तपाईँको ठाँउमा अर्को डीन पुर्नवहाली गराएकै कारण सुरु भएको हो । अव तपाईँ आउनुभयो ? डा केसीसंग अनसन तोड्ने बारेमा केही कुरा भयो ?

अहिले आज त्यस्तो केही कुरा भएको छैन । किन भने उहाँका अरु पनि मागहरु छन् । तर हामी जानकारी चाँही गराईदिन्छौँ उहाँलाई । तर यसमा उहाँलाई विश्वविद्यालय तथा सरकारबाट पनि केही कमिटमेन्ट चाहिन्छ होला । डीनका विषयमा भोली फेरी अप्ठेरो पर्ने हो कि भन्ने पनि हुनसक्छ उहाँको मनमा ।

डीनमा फर्कदै छु भनेर डा. केसीलाई जानकारी गराउनु भाथ्यो ?

होइन, उहाँलाई जानकारी गराउन पर्दैन । म आज काममा फर्केको भन्ने त उहाँलाई स्वत: नै थाह छ नि ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *