डा. गोविन्द केसीलाई बीर अस्पताल लगियो

काठमाडौँ, २५ पुस । प्रहरी हिरासतमा रहेका डा गोविन्द केसीलाई बीर अस्पताल लगिएको छ । विहान देखि नै स्वास्थ्यमा गडबढी देखिएका कारण प्रहरीले चिकित्सकको विशेष निगरानीका लागि भन्दै बीर अस्पताल लगेको हो ।

बयान सके लगत्तै डा केसीलाई प्रहरीको एम्बुलेन्समा बीर अस्पताल पुरयाइएको हो । उनलाई बीर अस्पतालको तेस्रो तल्लामा आवासीय चिकित्सकहरुले बताएको विशेष कक्षमा राखिएको छ ।

अदालतको अवहेलना गरेको आरोपमा हिजो पक्राउ परेका डा केसीको आज अदालतमा बयान लिने काम भएपनि बहस शुरु भएको छैन । बहस भोली मात्रै हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *