बिरामी जाँच गर्दा गर्दै ढलेकी चिकित्सकको मृत्यु

एजेन्सी २३ पुस । चीनको एक अस्पतालमा बिरामीको जाँच गर्दा गर्दै ढलेकी एक चिकित्सकको मृत्यु भएको छ ।

अस्पतालका अधिकारीहरुका अनुसार ढल्नु अघि ती चिकित्सकले विना आराम लगातार अठार घण्टा डिउटी सम्हालेकी थिइन ।

ढिलो गरी प्राप्त समाचार अनुसार चीनको उत्तरपश्चिममा पर्ने सान्सी प्रान्तको युसि डिस्ट्रिक्ट पिपल्स हस्पिटलमा कार्यरत ४३ बार्षिया जाओ वियाजिङ्गले गत २९ डिसेम्बरका दिन विरामीको जाँच गर्दा गर्दै ढलेकी थिइन ।

बिरामीकै अगाडी ढलेकी उनलाई तत्काल सहकर्मीले उद्धार गरेँ गरी व्युताउने प्रयास गरे तर २० घण्टा सो प्रयास सफल हुन सकेन । अन्ततः ३० डिसेम्बर विहान ७ बजे उनलाई मृत घोषणा गरियो । अस्पतालले उनको मृत्यु मस्तिष्कघातका कारण भएको जनाएको छ ।

ढल्नु अघि उनले विरामी एक महिलाको परीक्षण गर्दै उनीसंगै आएकी छोरीसंग ‘तपाईँको आमालाई अहिले कस्तो छ ?’ भनि सोधेकी थिइन । त्यहि सम्बाद उनको अन्तिम भएको विरामीलाई उदृत गर्दै अस्पतालले जनाएको छ ।

स्वासप्रश्वास रोग विशेषज्ञ वियाँजिङ्ग सो अस्पतालकी स्वासप्रश्वास रोग विभागको उपप्रमुख रहेको बताइएको छ । उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको मृत्यु मस्तिस्कको एनोरिजम फाटेको कारणले भएको हो । यसलाई चिकित्सकीय भाषामा सबर्कोनाइज हेमोरेज भनिन्छ ।

जाओले ढल्नु अघिल्लो दिन बेलुका ६ बजे देखि पछिल्लो दिन राती १२ बजेसम्म लगातार डिउटी गरेकी थिइन । बढी  डिउटी  गर्ने भएकै कारण सहकर्मीहरुले उनलाई ‘वर्कहोलिक’को उपमा दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *