नयाँ बर्षको पहिलो दिन विश्वभर जन्मिए तीन लाख शिशु

एजेन्सी । सन् २०१८को पहिलो दिन विश्वभरी तीन लाख ६ हजार शिशु जन्मिएका छन् । त्यसमध्ये आधा जनसंख्या विभिन्न नौ देशका रहेको युनिसेफले जनाएको छ ।

बालबालिकाको अधिकारका लागि कार्यरत संयुक्त राष्टसंघको संगठन युनिसेफले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नयाँ बर्षको पहिलो दिन जन्मिएका कुल शिशुमध्ये बंगलादेशमा मात्रै २.१७ प्रतिशत छ ।

युनिसेफका अनुसार नयाँ बर्षको पहिलो दिन धेरै शिशु जन्मिने देशमा भारत पहिलो स्थानमा रहेको छ । भारतमा मात्र सो दिन ६९ हजार ७० शिशु जन्मिएका छन् । चीनमा ४४ हजार ७६० शिशु जन्मिएका छन् । जन्मेमध्येका प्राय सबै शिशु स्वस्थ हुने भएपनि कतिपय अवस्थामा मृत्यु हुने घटना देखिएको युनिसेफले जनाएको छ ।

सन् २०१८को पहिलो दिन पहिलो शिशु किरिवाटीको क्रिसमस टापुमा र अन्तिम शिशु अमेरिकामा जन्मिएको युनिसेफले जनाएको छ ।

नयाँ बर्षमा कहाँ कति शिशु जन्मिए ?
भारत                    ६९, ०७०
चीन                       ४४, ७६०
नाइजेरिया            २०, २१०
पाकिस्तान            १४, ९१०
इन्डोनेसिया          १३, ३७०
अमेरिका               ११, २८०
कंगो                         ९, ४००
इथोपिया                  ९, ०२०
बंगलादेश                ८, ३७०

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *