पीएसआरएन विद्यार्थी च्याप्टरद्धारा ओखलढुंगामा स्वास्थ्य शिविर

धरान, १४ पुस । सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल (पीएसआरएन)को विद्यार्थी च्याप्टर धरानले ओखलढुंगामा दुई दिने स्वास्थ्य शिविरमा सम्पन्न गरेको छ । सबैका लागि स्वास्थ्य भन्ने सन्देशका साथ गत आईतबार र सोमबार भएको उक्त स्वास्थ्य शिविरमा आठ सय बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।

उक्त शिविरमा जनरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ र छाला तथा यौनरोग विशेषज्ञ सहितको १५ जनाको चिकित्सक टोलीले निशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको थियो ।

स्थानीय बासिन्दा नेत्रप्रसाद दाहालको संयोजन र गाँउपालिका कार्यालयको संयोजनमा भएको शिविरमा गत ८ गते मोलु गाउँपालिकामा अवस्थित गुरुकुल संस्कृत मावि र पौष ९ गते सुनकोशी गाउँपालिकाको कुशादेवी माविमा गरी करिब आठ सयजना विरामीलाई विशेषज्ञ सेवा प्रदान गरेको थियो ।

विशेषज्ञ स्वास्थ्य सेवा लिन टाढाको सदरमुकाम जानुपर्ने र अझै थप गुणस्तरिय सेवा लिनका लागि काठमाडौँ वा धराननै पुग्नुपर्ने बाध्यता रहेको यस ठाउँमा, घर आँगनमा नै चेकजाच र औषधी वितरणले गर्दा रोग पालेर बसेका विरामीका लागि धेरै प्रभावकारी भएको छ एक स्थानिय बताउँछन् ।
स्त्रीरोग विशेषज्ञ डा. मनोज साह भन्छन् “महिलाहरुमा यौनांग चिलाउने, सेतो पानी बग्ने, आङ् खस्ने समस्याहरु उल्लेखनिय रुपमा थिए । यस्ता रोगहरुको हामीले उपचारका साथै चेतना पनि प्रदान गर्यौ,’ जनरल फिजिसियन सन्तोष बास्तोलाले भने। ”

“नेपालका ग्रामिण भेगमा अझै पनि चिकित्सकहरुको उपस्थि न्यून छ । एक त स्वास्थ्य सम्बन्धी चेतनाको स्तर नै कम छ र गाउँका कतिपय स्थानबाट दक्ष चिकित्सकसम्मको पहुँच नपुगेको अवस्था छ । यस्तो परिस्थतिमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि औषधी वितरण गर्नाले गाउँगाउँका विरामीले सुलभ स्वास्थ्य सेवा पाए र यो नै हाम्रो उद्देश्य हो,” पि एस् आर एन् का अध्यक्ष संजय बराल भन्छन् ।

सन् २००७ मा स्थापित पीएसआरएन स्थापना कालदेखि नै समाजप्रति उत्तरदायि हुँदै पूर्वी नेपालका थुप्रै जिल्लाहरुमा निशुल्क स्वास्थ्य शिविरका साथै समाजमा जनचेतना जगाउने थुप्रै रेडियो कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत हरेक हप्ता रेडियो गणतन्त्रबाट “हाम्रो स्वास्थ्य हाम्रै सरोकार” प्रसारण गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *