के हस्तमैथुनले स्वास्थ्यलाई हानी गर्छ ?

डा. खेम कार्की
  • डा. खेम कार्की

सबैभन्दा पहिले हस्तमैथुनबारे जानौँ । हातले अथवा केही साधन प्रयोग गरेर, यौनाङ्ग चलाएर, हल्लाएर वा खेलाएर यौन सन्तुष्टि प्राप्त गर्ने विधि हो हस्तमैथुन । यसलाई यौन आनन्द प्राप्त गर्ने एउटा अति नै सुरक्षित यौनक्रियाकलाप पनि भन्न सकिन्छ ।

पुरुषले आफ्नो लिङ्गलाई हातले बिस्तारै घर्षण गरेर र वीर्य स्खलन गर्छन् भने महिलाले पनि योनीको भगाङ्कुर खेलाएर आनन्द लिन्छन् । कसै कसैले विभिन्न किसिमका साधन वा कृतिम यौनाङ्गहरू प्रयोग गरेर पनि हस्तमैथुन गर्ने गर्दछन् । त्यसैले यसलाई एक सुरक्षित यौन व्यवहार हो भन्न सकिन्छ ।

हस्तमैथुनका सम्बन्धमा हाम्रो समाजमा बिभिन्न भ्रमहरू रहेको पाइन्छ । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने, लिङ्ग बाङ्गो हुने, शीघ्र स्खलन हुने आदि आदि । यी सबै कुराहरू भ्रमहरु हुन् । यिनमा कुनै सत्यता छैन । बरु हस्तमैथुनले यौन इच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाई यौन अपराधलाई कम गर्नसमेत सहयोग पुग्छ ।

त्यसैगरी हस्तमैथुनले अनावश्यक गर्भधारण, यौन–व्यवसायीसँगको यौन सम्बन्ध र यिनमा हुने खर्च तथा एचआइभी तथा अन्य यौन रोगहरू लाग्नबाट बच्न पनि मद्दत पुरयाउँदछ ।

पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थिको क्यान्सर हुने सम्भावना पनि हस्तमैथुन गर्ने मानिसमा कम हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ ।
हस्तमैथुन गरेर बीर्य सकिंदैन र नगर्दा भण्डारण भएर बस्दैन । यो प्राकृतिक रुपमा शरीरमा बनिरहन्छ र स्खलन पनि भैरहन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “के हस्तमैथुनले स्वास्थ्यलाई हानी गर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *