मिर्गौला पीडित पत्रकार मायाको अपिल

काँकडभिट्टा, १३ पुस । दुवै मिर्गौला खराव भएर उपचारका क्रममा रहेकी बरुण साप्ताहिकका सम्पादक माया पकुवालले सहयोगका लागि अपिल गरेकी छन् ।

भद्रपुरबाट प्रकाशित हुने सप्ताहिकका सम्पादक पकुवालको मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएका कारण सहयोगको अपिल गरेकी हुन् । पकुवाल मिर्गौला प्रत्यारोपणका लागि बुधबार भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा गएकी छन् ।

पकुवाललाई उनका जेठाजु सौरभ प्रधानले एउटा मिर्गौला दिने भएका छन् । पन्ध्र वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आएकी ४६ वर्षीया पकुवालको मिर्गौलामा गत वैशाखदेखि समस्या आएको उनका श्रीमान सञ्जय श्रेष्ठले बताए ।

टाउको दुख्ने र रिँगटा चल्ने समस्या आएपछि विसं २०७४ वैशाखमा पकुवाल धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचारका लागि गएकी थिइन् । उपचारमा संलग्न चिकित्सकले मिर्गौलामा समस्या देखिएको बताउँदै उनलाई औषधि खान सुझाव दिएका थिए ।

औषधिले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकले मायालाई मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको श्रीमान सञ्जयले बताए ।

चिकित्सकको सल्लाहबमोजिम नै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि माया गएकी छन् । हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको मायाको उपचारमा सहयोगका लागि परिवारले अपिल गरेको छ । उनको उपचारमा रु १२ लाख खर्च लाग्ने श्रीमान सञ्जयले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *