स्वास्थ्य सचिवका लागि बढुवा समितिले गर्‍योे तीन जनाको नाम सिफारिस

काठमाडौँ, १३ पुस । स्वास्थ्य मन्त्रालयले सम्भवत आज सचिव पाउँदैछ । हिजो बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको र आज केही बेरमा मन्त्रिपरिषदको बैठक समेत बस्ने भएकोले सचिवको निर्णय हुने सम्भावना बढेको छ ।

स्रोतका अनुसार लोकसेवा आयोगका अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले क्रमश: डा. पुष्पा चौधरी, डा. विनोदमान श्रेष्ठ र  डा. सुशील प्याकुरेलको नाम सिफारिस गरेको छ । यद्धपी मन्त्रिपरिषदले यी तीन मध्ये जो सुकैलाई सचिवमा नियुक्ति गर्न सक्ने भएकोले अहिल्यै अडकल काट्नु व्यर्थ हुनेछ ।

गत १८ मंसिरमा डा. किरण रेग्मीले अनिवार्य अवकाश पाएपछि मन्त्रालय सचिव विहीन बनेको थियो । निमित्त सचिवको जिम्मेबारी डा. पुष्पा चौधरीले सम्हाल्दै आएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *