जाडो मौसममा देखिने स्वास्थ्य समस्या र जोगिने उपायहरु

जाडो मौसम लागेसंगै रुघा खोकीको समस्यामा बृद्धि भएको छ । मौसममा आएको परिवर्तनले यस्तो समस्या बढेको हो भन्न सकिन्छ । खासगरी चिसो मौसममा घाँटी खसखस हुने, नाक बन्द हुने, नाकबाट पानी बग्ने, जस्ता समस्याहरु बढी देखिने गर्छन । यहि मौसममा रुघाखोकी र निमोनिया जस्ता समस्या बढी देखा पर्छन ।

बालबालिका र बृद्धबृद्धामा बढी समस्या
चिसो मौसमले खासगरी बालबालिका, बृद्धबृद्धा गर्भवती तथा रोग प्रतिरोधात्मक शक्ति कम भएका संक्रामक रोग लागेका व्यक्तिहरुलाई बढी सताउने गर्दछ । चिसोले हुने मृत्युमा समेत बढी जसो यहि समूहका व्यक्ति पर्दछन् ।

चिसोबाट बच्न के गर्ने ?

  • मौसम अनुसारको न्यानो कपडा लगाउने।
  • ताजा र सन्तुलित आहारको सेवन गर्नु पर्छ।
  • प्रसस्त मात्रामा झोलिलो कुराहरुको सेवन गर्नुपर्छ।
  • नियमित मनतातो पानिको सेवन गर्नु फाइदा जनक हुन्छ ।
  • चिसो र चिल्लो खाने कुरा कम खाएको राम्रो ।
  • विहान बेलुका हिनडुल गर्दा शरीरलाई न्यानो पार्ने कपडाको प्रयोग गर्नुपर्छ ।
  • मर्निङ वाकमा विहानै ननिस्कने, घाम लागेपछि निस्कनु राम्रो हुन्छ ।
  • घरमा बस्दा कोठालाइ न्यानो बनाएर राख्नुपर्छ तर कतैवाट पनि हावा नछिर्ने गरि झ्याल ढोका बन्द भने गर्नु हुँदैन ।
  • नवजात शिशुलाई तोरिको तेल लगाउने र न्यानोसंग हावा नचल्ने ठाउँमा राख्नु पर्छ।

यदि चिसोको संक्रमण भै हाल्यो भने के गर्ने ?

  • आराम गर्नुपर्छ।
  • कतिपय रोगहरुको लक्षण उस्तै उस्तै हुने भएकोले अन्य रोग होकी भनेर प्रयोगशाला परीक्षण गराई हाल्नुपर्छ ।
  • सामान्यत यो समस्या केही दिनमा आफै हराएर जान्छ तर अवस्था बिग्रदै गएमा एन्टिहिस्टामिन, न्याजल डिकन जेस्ट्यान्स, नन स्टेरोइडल एन्टीइन्फ्लामेट्रि ड्रग र एसिटाएमिनोफेनको प्रयोग गर्न सकिन्छ।
  • तर यस्ता औषधि आफूखुशी प्रयोग गर्नु हुँदैन । चिकित्सकको सल्लाहमा मात्रै प्रयोग गर्नुपर्ने हुन्छ ।
  • रुघाखोकीले संक्रमित व्यक्तिले प्रयोग गरेका कपडाहरु सकेसम्म छुट्टै राख्ने, हाछिउ गर्दा मुख छोप्ने जस्ता सामान्य सतर्कता अपनाउनुपर्छ । यसले अन्य व्यक्तिलाई सो समस्या सर्ने सम्भावनाबाट बचाउन सक्छ ।

# अर्याल गोल्डेनगेट इन्टरनेशनल कलेजमा माइक्रो बायोलोजी अध्ययन गर्दैछन भने रिजाल मनमोहन मेमोरियल मेडिकल कलेजकी पीसीएल नर्स हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *