चीनमा सङ्क्रामक रोगका कारण नोभेम्बरमा मात्रै दुई हजार व्यक्तिको मृत्यु

बेइजिङ, चीन, ४ पुुुस । चीनमा सङ्क्रामक रोगका कारण करिब दुई हजार जनाको मृत्यु भएको यहाँको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले सोमबार जनाएको छ ।

नोभेम्बरमा पाँच लाख ७७ हजार २४७ जना सङ्क्रामक रोगका कारण विरामी भई उपचारका लागि अस्पतालमा पुगेकोमा एक हजार ९५८ जनाको मृत्यु भएको आयोगले जनाएको छ ।

मृतकमा प्राय यौनजन्य रोगको सङ्क्रमण र क्षयरोग तथा भाइरल ज्वरोको समस्या भेटिएको बताइए पनि हैजा तथा महामारीका समस्याका कारण भने कसैको मृत्यु नभएको आयोगले जनाएको छ ।

मृतक बिरामीहरूमा जटिल श्वासप्रश्वास, भ्यागुते रोग, तथा बर्ड फ्लुका जिवाणु पनि नभेटिएको चिनियाँ अधिकारीले जनाएका छन् । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *