पुरानो मेडिकल कलेजद्धारा ट्राफिक प्रहरीलाई ब्रेथलाइजर मेसिन सहयोग

चितवन, २८ मंसिर । भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई मादक पदार्थ सेवन (मापसे) चेक जाँचका लागि ब्रेथलाईजर सहयोग गरेको छ ।अस्पतालले बुधबार एक कार्यक्रम आयोजना गरि ट्राफिक प्रहरीलाई दुई वटा ब्रेथलाईजर मेसिन प्रहरीलाई ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेको हो ।

मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा . सुप्रभात श्रेष्ठले जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दीपक थापालाई ब्रेथलाईजर हस्तान्तरण गरेका थिए । लगत्तै एसपी थापाले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तलाई ब्रेथलाईजर हस्तान्तरण गरेका थिए ।

सो क्रममा बोल्दै एसपी थापाले यस ब्रेथलाईजरले चितवनमा मापसे चेकजाँच अभियानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । उनले तिव्र गतिमा सवारी साधन चल्दा दुर्घटना हुने गरेको भन्दै त्यसलाई रोक्नका लागि अब राडर गनको आवश्यकता रहेको बताए । उनले प्रविधि मैत्री प्रहरी अहिलेको आवश्यकता रहेको भन्दै निजी संस्थाहरुबाट सहयोग उपलब्ध हुनु खुशीको कुरा भएको बताए ।

एसपी थापाले मेडिकल क्षेत्रले गरिरहेको सहयोगको प्रशंसा गर्दै अब अस्पतालको सुरक्षाका लागि मेडिकल रेस्पोन्स टिम बनाईने बताए ।
मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. सुप्रभात श्रेष्ठले काठमाडौं मात्रै नेपाल नभएको भन्दै देशका हरेक भागमा प्रहरीले उच्च प्रविधिका साथ काम गर्ने वातावरण सिर्जना हुनुपर्ने बताए । उनले सोही वातावरण चितवनमा तयार पार्नका लागि प्रहरीलाई मापसे चेकजाँचमा सहज होस् भनेर दुई वटा ब्रेथलाईजर सहयोग गरिएको बताए ।

डा. श्रेष्ठले अस्पतालमा आउने दुर्घटनामा घटनाहरुमा अधिकांश मादक पदार्थ सेवनको कारणले देखिएको भन्दै मापसे नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत ब्रेथलाईजर सहयोग गरिएको जानकारी दिए ।  उनले राडरगनका लागि पनि बोर्डसंग सल्लाह गरिने बताए ।

ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले ब्रेथलाईजर प्राप्त भएपछि अब धेरै स्थानहरुमा मापसे चेकजाँच गर्न सकिने बताए ।

पुरानो मेडिकल कलेजले पछिल्लो समय सामाजिक उत्तरदायित्व अन्तरगत प्रहरीलगायत विभिन्न संस्थाहरुलाई सहयोग गर्दै आइरहेको कलेजका बजार प्रवन्धक दुर्गा न्यौपानेले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *