दादको समस्याले सताएको छ ? यसरी जोगिनुस्

अनुहार सुन्दर तर त्यहिमाथि निस्केको फुस्रो दादले रुपै बिगारिदिएको हुन्छ । कतिपयको शरीरका विभिन्न भागमा निस्किएको दाद । यसले शरीरको सौन्दर्यमा आघात त पार्छ नै बढदै जाँदा थप समस्याहरु नित्याउँदै जान्छ ।

छालारोग विशेषज्ञ डा सविना भट्टराईले दादको समस्या र जोगिने उपाय बारेमा केही टिप्स दिएकी छन् ।

हेरौँ उनका टिप्सहरु:

दाद भएको ठाँउमा खराब औषधि परयो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहरयाउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ । कपालको दाद विद्यालय जाने बालबालिकामा बढी हुन्छ ।

 

दाद हुँदा औषधि नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ ।

नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने ।

चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने ।

जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ ।

बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने ।

आफूखुसी उपचार कहिल्यै पनि नगर्ने ।

चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *