स्याङ्जाको एलादी गाउँमा ३८३ जनाको मिर्गौला परीक्षण


स्याङ्जा ४ मंसिर । वालिङ नगरपालिका – ४ स्थित एलादी स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

आँधीखोला तमू समाज, काठमाडौँको संयोजनमा भएको उक्त शिविरमा मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिस्ठान पुल्चोकको प्राविधिक सहयोग थियो । शिविरमा ३८३ जनाको मिर्गौला कलेजो तथा अन्य रोगको परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा एक जनामा कलेजोको संक्रमण भएको भेटिएको थियो । करिब १५ प्रतिशतमा पिसाबमा प्रोटिन लिक भएको पाईएको थियो । त्यस्तै साथै अधिकांशमा उच्च रक्तचाप तथा केहीमा सुगर पाईएको थियो ।

बिहान ९ बजेबाट शुरु भएको शिविर दिउसो ३ बजेसम्म संचालन भएको थियो । शिविरका लागि मानब अंगप्रत्यारोपण केन्द्र, भक्तपुरबाट सिनियर नेफ्रोलोजिस्ट, रेडियोलोजिस्ट, मेडिकल अफिसर, ल्याब टेक्निसियन, स्टाफ नर्स लगायत २० जनाको टोली आएको थियो ।

विशेषगरी मिर्गौला रोग सम्बन्धी जनचेतना जगाउने उदेश्यले आयोजना गरिएको सो निःशुल्क मिर्गौला शिबिर संचालन गर्न रोटरी क्लब अफ दि हिमालयन गुर्खाजले प्रायोजन गरेको थियो ।

स्थानीय आयोजकको जिम्मा एलादी स्वास्थ्य चौकीले लिएको थियो । वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले पनि आफ्नो मिर्गौला परीक्षण गराएका थिए । सो अवसरमा उनले अंगदान समेत गराएका थिए ।

सो अवसरमा मानव अंगप्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङले मिर्गौला रोग सम्बन्धि बिस्तृत रुपमा धारणा राख्नुका साथै मिर्गौला रोग कसरी लाग्छ र सो रोग लाग्न नदिनको लागि बिभिन्न उपायहरुको बारेमा पनि ब्याख्या गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *