प्रचण्डले गुमाएका दुबै सन्तान नसर्ने रोगको सिकार

काठमाडौँ, ३ मंसिर । आफ्नो पहिलो सन्तान गुमाएको साढे तीन बर्ष नपुग्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कान्छो सन्तान गुमाएका छन् । र संयोग यस्तो परेको छ दुबै मृत्युमा नसर्ने रोग कारक बनेको छ ।

फाइल तस्बिर : ज्ञानु केसी

प्रचण्डको जेठी छोरी ज्ञानु केसीको स्तन क्यान्सरबाट निधन भएको थियो । छोरा प्रकाशको भने आकस्मिक हृदयघातका कारण ज्यान गएको चिकित्सकहरुले बताएका छन् ।

त्यतिवेला प्रचण्ड पुत्री ज्ञानुको अमेरिका र भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो । तर अन्तिम स्टेजको क्यान्सर निको हुन सकेन । १३ चैत २०७० मा ओम अस्पतालमा उपचार गर्दा गर्दै उनको प्राणपखेरु उड्यो ।

तर प्रकाशले भने त्यो उपचारको अवसर नै पाएनन् ।अचेत अवस्थामा आज विहान पौने छ बजे नर्भिक पुरयाइएका प्रकाशलाई करीब छ बजे डाक्टरले मृत्यु घोषणा गरे ।

आज नर्भिक अस्पतालले प्रकाशको मृत्युबारे औपचारिक जानकारी दिने क्रममा मुटुरोग विशेषज्ञ डा. जेपी जैसवालले अस्पताल ल्याउनुभन्दा ३ घण्टा अघि नै उनको मृत्यु भईसकेको अनुमान गरे ।

डा. अग्रवालले आकस्मिक हृदयघातका कारण उनको मृत्यु भएको बताए ।सो क्रममा उनले सामान्य अवस्थाको युवामा एक्कासी हृदयघात हुने क्रम बढेको समेत जानकारी दिए । 

खानपान जीवनशैली र बाताबरणमा आएको फेरबदलका कारण नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको छ । त्यसको न्युनिकरणका लागि सरकार लागेकै छैन भन्दा गल्ती हुँदैन ।

प्रकाश दाहाल

नसर्ने रोगको मुख्य कारक धूमपान तथा सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि कानून बनाएपनि त्यसको लागू गर्ने तर्फ राज्य पक्ष अघि सरेको छैन । बरु सूर्तिउत्पादकलाई प्रोत्साहित गर्ने काम गर्दै आएको छ ।

नसर्ने रोग नियन्त्रण गर्न सहयोग पुरयाउने कानूनको धज्जी उडाउनेलाई सरकारी सम्मान

नसर्ने रोगको मुख्य कारक बनेको धूमपान तथा सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले तीन बर्ष अघि ल्याएको कानूनको स्वदेशी सूर्ति उद्योगले खुलेआम धज्जी उडाएको छ । तर सरकारले कानूनको उल्लंघन गर्ने कम्पनीलाई नै पुरस्कृत गरेको छ ।

केही दिन अघि मात्रै  धेरै कर तिरेको भन्दै नेपालको प्रमुख सूर्ति उत्पादक संस्था सूर्य नेपाललाई कर विभागले पुरस्किृत गरिरहँदा उसले अढाई बर्ष देखि सूर्ति नियन्त्रण सम्वन्धी कानूनको उलंघन कुरालाई वास्ता गरिएन ।

केही करोड रकम राजश्व तिरेको निहुँमा त्यतिवेला सरकारी अधिकारीहरुले चुरोट उत्पादक कम्पनीका मालिकलाई मञ्चमा मात्रै बोलाएनन् ।खाँदा लगाइदिए सम्मान पत्रद्धारा विभुषित गरे ।

तर सम्मान गर्ने कम्पनीले कानून विपरित उत्पादित सूर्तिजन्य पदार्थको कारण बार्षिक २५ हजार बढीले ज्यान गुमाएको, अर्बौको क्षति पुगेको कुरा ध्यानै दिइएन । नसर्ने रोग नियन्त्रणमा काम गरेका छौँ भन्दै नथाक्ने अधिकारीहरुलाई पुरस्कृत गरेको व्यक्ति नै सूर्ति नियन्त्रण सम्वन्धी कानूनको उल्लंघन कर्ता हो भन्ने थाह होला कि नहोला ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *