एक साता अघि ‘होलबडी चेकअप’ गरेका थिए प्रकाशले

काठमाडौँ, ३ मंसिर । आकस्मिक हृदयघातबाट मृत्यु भएका प्रकाश दाहालले एक साता अघि मात्रै होलबडी चेकअप गराएका थिए । नर्भिक अस्पतालमा गराएको परीक्षणमा प्रेसर, सुगर सामान्य थियो । तर आज उनको मृत्यु आकस्मिक हृदयघातका कारण भएको चिकित्सकहरुले बताएका छन् ।

‘विहान ५ : ५०मा ल्याइ पुरयाउँदा पल्स, धडकन, केही थिएन । शरीर चिसो र साह्रो भैसकेको थियो,’ उपचारमा सम्लग्न बरिष्ठ मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टले भने ।

उनका अनुसार दाहालले एक साता अघि मात्रै नर्भिकमै गएर होलबडी चेकअप गराएका थिए । सो क्रममा केही समस्या देखिएको थिएन । कोलेस्टोल थोरै बढी थियो । तर यस्तो समस्या नै ल्याउने अवस्था थिएन ।

‘तर भयो यस्तै । यसलाई हामी आकस्मिक हृदयघात भन्छौँ, कुनै समस्या नभएका युवाहरुमा देखिने समस्या,’ डा. भट्टले भने । उनले पछिल्लो समयमा  युवाहरुमा यो खालको समस्या बढी रहेको समेत बताए ।

प्रकाश दाहाललाई नर्भिक पुरयाउदा डा भट्ट र डा जेपी जयसवालको टोलीले हेरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *