तीन सय ८० जनाको स्वास्थ्य उपचार

राजविराज,मंसिर ३ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका अन्तर्गत हनुमाननगरमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

सप्तरी युथ नेपाल र सवल नेपालको सहयोग तथा गौरीशंकर दास स्वास्थ्य अभियानको नेतृत्वमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा त्यहाँ रहेका व्यक्तिको स्वास्थ्य जाँच गर्नुका साथै दाँतको उपचारसमेत गरिएको छ ।

करिब आधा दर्जन विशेषज्ञ चिकित्सकद्वारा ३८० जनाको स्वास्थ्य उपचार गरिएको सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिए । यस्तै २०० व्यक्तिको दाँतको उपचारसमेत गरिएको थियो ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *