हृदयघात के हो ? कसरी जोगिने ?

डा. विकास सुवेदी,  मुटुरोग विशेषज्ञ

हृदयघातका लक्षणहरु :

  •  एक्कासि मुटु र देब्रे हात सहनै नसक्ने गरी दुख्ने ।
  •  श्वास फेर्न गाह्रो हुने, पसिना आउने र डर लाग्ने ।

हृदयघातका के कारणले हुन्छ ?

  • मुटुमा रहेको धमनीमा बोसो जमेर (LDL cholesterol) धमनीलाई बन्द गरिदिन्छ त्यसपछि मुटुको मासंपेशीले अक्सिजन नपाई मृत्यु हुन्छ । यसलाई नै हृदयाघात भनिन्छ ।
  • वंशाणुगत कारण ।

 

हृदयाघातका जोखिमहरू :
समयमै हृदयाघातका जोखिमहरूको पहिचान गरी जीवनशैली परिवर्तन गरेमा हृदयाघातबाट बच्न सकिन्छ । ती जोखिमहरु यसप्रकार छन् ।

  •  उच्च रक्तचाप
  •  धूमपान
  •  मधुमेह
  •  निष्क्रिय जीवनशैली
  •  मानसिक तनाव
  •  मोटोपना
  • उच्च कोलेस्टोल
  • अस्वस्थ खाना

घरमा मुटुका विरामी भएको खण्डमा जुनसुकै बेला आपतकालिन अवस्था आउन सक्छ । तसर्थ यी कुराहरुमा पनि ध्यान दिनुपर्छ :
आपत्कालीन अवस्थाका लागि Aspirin tablet / Clopidogrel घरमा राख्ने, हृदयाघातको लक्षण देखा पर्नासाथ सो Tablet खाने र उपचारका लागि अस्पताल तुरुन्त जानुपर्छ ।

मुटु रोग छ कि छैन भनेर पत्ता लगाउन प्रत्येक ६ महिनामा निम्न जाँच गर्नुपर्छ :

  • Lipid profile (लिपिड प्रोफाइल)
  • Pulse( मुटुको गति ) तथा
  • (ईसीजी) , रक्तचापको जाँच
  • (इको)

मुटुलाई रक्षा गर्ने खानेकुराहरू :

  •  जौ (Oats)
  • आल्मोन्ड
  • साग (हरियो)
  • ब्रोकाउली
  • लसुन, प्याज
  • चिया (कालो)
  • टमाटर
  • ओखर
  • माछा
  • गाजर
  • सखरखण्ड
  • थुप्रै प्रकारका गेडागुडी
  •  स्याउ, कालो अंगुर, अनार, मेवा, सुन्तला र अन्य फल

अपनाउनुपर्ने जीवनशैली :

  • उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्ने
  •  तनावमुक्त जीवन जिउने
  • मोटोपन घटाउन ब्यायाम तथा योगा नियमित गर्ने । कम्तीमा पनि ३० मिनेट (बिहान र साँझ)
  • चुरोट, रक्सी र सुर्तीजन्य पदार्थको सेवन नगर्ने
  • नियमित रूपमा शरीरको लिपिड (Fat) परीक्षण गराउने
  • नियमित रूपमा चिकित्सकको सल्लाह लिने ।

सन्तुलित आहार :

  • सीमित( चिनी, मिठाइ, सेकेको वस्तु, चिल्लो, चिप्स)
  • साप्ताहिक( बोसोरहित मासु, अण्डा
  • दैनिक ठिक्क मात्रामा( सिमी, केराउ, भटमासको वस्तु, माछा, ओखर, तोरीको तेल, नरिवलको तेल, जैतुन तेल, दुग्ध पदार्थ र कालो चिया
  • पटक–पटक दैनिक( अन्न, गहुँको रोटी, जौ, मकै, केरा, स्याउ, अनार, खरबुजा, कालो अंगुर, बन्दा, सागपात, गाँजर, मसरुम, फर्सी, गेडागुडी, लौका, ग्रिन ब्रोकाउली, प्याज, लसुन र टमाटर ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *