चिकित्सा शास्त्रकी विद्यार्थी मानुषीको शिरमा ‘मिस वर्ल्ड’ को ताज

काठमाडौँ, २ मंसिर । गत जुलाईमा मिस इन्डियाको ताज पहिरिएकी २० बर्षीया भारतीय सुन्दरी मानुषी छिल्लरले यसबर्षको मिस वर्ल्डको उपाधी जितेकी छन् ।१०८ राष्ट्रका प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस वर्ल्ड बन्न सफल मानुषी चिकित्साशास्त्रकी विद्यार्थी हुन् ।  उनी प्रतियोगितामा  ‘हेड टू हेड च्यालेन्ज’ र ‘व्यूटि विद पर्पस’ विधामा समेत उत्कृष्ठ भइन ।

भारत हरियाणाकी मानुषीका बुबा आमा दुबै चिकित्सक हुन् । उनी सोनीपतको भगतफूल सिंह गभरमेन्ट मेडिकल कलेजमा एमबीबीएस तेस्रो बर्षमा अध्ययन गर्दैछिन् ।

दुनियामा कुन पेशाको तलव सबैभन्दा बढी हुनुपर्छ र किन भन्ने निर्णायकहरुको अन्तिम राउण्डको प्रश्नमा उनले भनेकी थिइन्, ‘मेरी आमा मेरोलागि सबैभन्दा ठूलो प्रेरणा हो । यसैले म भन्न सक्छु कि आमा हुनुको पेशा सबैभन्दा उत्कृष्ठ हो । कुरा पैसाको मात्रै होइन माया ममता र सम्मान पनि जोडिन्छ त्यसकारण आमा नै सबैभन्दा बढी तलवको हकदार हुन् ।’उनको यहि जवाफले मिस वर्ल्डको ताज दिलायो ।

चीनको सान्यासिटी एरिनामा आज भएको अन्तिम प्रतिस्पर्धामा मिसवर्ल्डको घोषित मानुषीलाई गतवर्षकी विजेता पुइरेट्रो रिकोस स्टेपाइन डेल भालीले ताज पहिराइ दिएकी थिइन ।उनी ‘मिस वर्ल्ड’को उपाधि जित्ने छैटौँ भारतीय सुन्दरी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *