फार्मेसी अध्ययन गरेकालाई ‘करिअर’को बाटो देखाउँदै विज्ञहरु…

काठमाडौँ, २ मंसिर । भर्खरै फार्मेसी अध्ययन पुरा गरेका (ग्राजुएट्स) विद्यार्थीहरुलाई अध्ययन गरेपछिका अवसर र महत्वको बारेमा जानकारी दिन एक दिने ‘करिअर काउन्सिलिङ’ तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

नेपाल फर्मास्यिुटिकल्स एसोसिएशन (एनपीए) र हस्पिटल फर्मासिस्ट एसोसिएशन अफ नेपाल(हसपान)को संयुक्त आयोजनामा पहिलो पटक भएको पसामर्श तथा अन्तरक्रिया कार्यक्रममा फार्मेसीमा ‘व्याचलर’ गरिसकेका तथा अध्ययनरत १०० बढी विद्यार्थीको सहभागिता थियो ।

औषधि व्यवस्था विभागको सभाहलमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई फार्मेसी अध्ययन पछि करिअर कसरी शुरु गर्ने ? अबसर कहाँ कहाँ छन ? त्यो अवसर कसरी प्राप्त गर्न सकिन्छ ? लगायतका विषयमा ‘काउन्सिलिङ’ गरिएको थियो ।

कार्यक्रममा विभागका महानिर्देशक नारायण ढकालले उद्घाटन गरेको कार्यक्रममा पूर्व महानिर्देशकद्धय राधारणमप्रसाद, गजेन्द्र भुजु लगायतले शुभकामनासहित आफ्ना अनुभव बताएका थिए ।

फर्मास्यिूटिकल्स उद्योगको बारेमा ओम फर्मास्यूटिकल्सका सुमित चन्द्र श्रेष्ठले बताएका थिए । हस्पिटल फर्मास्यूटिकल्सको अवस्थाको बारेमा नेपाल क्यान्सर हस्पिटलका बाबुराम अधिकारीले जानकारी दिएका थिए ।

फार्मेसी अध्ययन पछि मार्केटिङ रिप्रिजेन्टेटिभ (एमआर) समेत बन्ने अवसर हुने भन्दै त्यसबारेमा बेक्सिको फर्मास्यूटिकल्स कम्पनी बंगलादेशका नेपाल प्रमुख बिबेकसिंह महतले जानकारी दिएका थिए ।

कार्यक्रममा फार्मेसी अध्ययन पछि विदेशमा करिअर कस्तो छ ? विदेशमा कसरी दर्ता हुने र त्यहाँको फार्मेसी उद्योगको कस्तो छ भन्ने बारेमा हेल्पिङ ह्याण्डस् फार्मेसीका प्रदीप लम्सालले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “फार्मेसी अध्ययन गरेकालाई ‘करिअर’को बाटो देखाउँदै विज्ञहरु…

  1. MR means Medical Representative (who promotes medicinal products)
    MR above mentioned marketing Representative (who promotes n sales FMCG products other then medicine.

    There is huge difference betn two MRs so should not mixed with eachother.

Leave a Reply

Your email address will not be published. Required fields are marked *