के हो एन्टीबायोटिक रेसिस्ट्यान्स ? न्युनिकरण कसरी गर्ने ?

– डा. सतिशकुमार देव

रोग मुख्य गरी दुई प्रकारको हुन्छ । एउटा संक्रामक रोग (इन्फेक्सियस डिजिज) र अर्को संक्रामकरहित रोग (नन् इन्फेक्सियस डिजिज) ।

इन्फेक्सियस डिजिजका लागि एन्टीबायोटिक प्रयोग गर्नुपर्छ । किनभने यस्ता रोगहरु व्याक्टेरिया भाइरस र फंगसले हुन्छ ।

एन्टीबायोटिकको विकास क्रम हेर्ने हो भने  सन् १९४३ मा पेनिसिलिन भन्ने एन्टीबायोटिक पहिलो पटक विकास भएको हो । त्यसपछि केही बर्ष भित्र नै केही एन्टीबायोटिकहरुले ड्रग रेसिस्ट्यान्स गर्न थाले ।

एन्टीबायोटिक रेसिस्ट्यान्स के हो ?
जीवाणुले बारम्बार एन्टीबायोटिक प्रयोगको कारणले बंषाणुगत परिवर्तन (जेनेटिक म्युटेशन) गरी त्यो एन्टीबायोटिकसंग लड्न सक्ने क्षमता विस्तार गर्नु नै एन्टीबायोटिक रेसिस्ट्यान्स हो ।

जति एन्टीबायोटिकको प्रयोग गर्दै गयो यसको प्रयोगबाट व्याक्टेरियाहरुले आफूलाई रोगप्रति लड्न सक्ने क्षमता विकास गर्छ । अर्थात जुन रोगमा औषधि प्रयोग गर्दा पहिला सजिलै निको हुन्थ्यो तर पछि नहुने अवस्था रेसिस्ट्यान्स भनिन्छ र त्यो क्रम अहिले बढदो छ ।

यतिवेला हामीलाई मात्रै होइन संसारका विकसित मुलुकलाई पनि यो समस्याले पिरोली राखेको छ । कति व्यक्तिहरुमा त सबैखाले एन्टीबायोटिकहरुको रेसिस्ट्यान्स समेत देखिन थालेको छ । किनकी हाम्रा व्याक्टेरिया यति बलिया भइसकेकी उनीहरुलाई कुनै पनि औषधिले छुन नसक्ने भइसक्यो ।

अहिलेको आकलनमा ४५ सेकेण्डमा एक जना व्यक्तिको एन्टीबायोटिक रेसिस्ट्यान्सको कारण मृत्यु हुने गरेको तत्थ्याक छ । अहिलेको अवस्थालाई नियन्त्रण गर्न सकिएन भने एन्टीबायोटिक रेसिस्ट्यान्सको कारण सन् २०५० सम्ममा हरेक ३ सेकेण्डमा एक व्यक्तिको ज्यान जाने भविस्यबाणी गरिएको छ । यसकारण वैज्ञानिकहरुले एचआईभी, इवोला भन्दा बढी भयावह समस्याको रुपमा चित्रण गरेका छन् ।

नयाँ एन्टीबायोटिक बनाउन धेरै गाह्रो जटिल र ठूलो रिसर्च गर्नुपर्ने र यसको पनि केही न केही सीमा रहने भएकोले भएको एन्टीबायोटिकको सहि उपयोग गर्नुनै अहिलेको आवश्यकता हो ।

एन्टीबायोटिक रेसिस्ट्यान्स किन हुन्छ ?
कुनै पनि विरामीलाई एन्टीबायोटिक दिँदा खेरी त्यो एन्टीबायोटिक दिएको केही समय पछि नै त्यो रोगको ड्रग रेजिष्टान्स विकास भइसकेको हुन्छ । त्यसको लक्षणहरु ठिक भइसकेको हुन्छ । तर सम्पूर्ण रुपमा व्याक्टेरियाहरु मरिसकेको हुँदैन ।

बाँकी रहेका व्याक्टेरियाहरुहरुले त्यहाँ बाच्नका लागि जुन कोषिस गर्छ र आफ्नो गुणलाई नै परिवर्तन गर्छ । त्यसले गर्दा एन्टीबायोटिक रेसिस्टान्स हुन्छ । त्यसैले गर्दा चिकित्सकको सल्लाह बमोजिम एन्टीबायोटिक खाएको छ भने उसलाई आफ्नो लक्षण ठिक भएपछि पनि औषधि लिनुपर्छ । यसले गर्दा एन्टीबायोटिक रेसिस्टान्स हुने सम्भावना कम हुन्छ ।

के के गर्नुपर्छ ?
विश्व स्वास्थ्य संगठनले यसपटक तय गरेको नारामा पनि चिकित्सकको सल्लाह बमोजिम एन्टीबायोटिक खानुपर्छ भन्ने तय छ । एन्टीबायोटिक जथाभावि खानु हुँदैन ।

एन्टबिायोटिकले भाइरल इन्फेक्स्नमा काम गर्दैन र खानु हुँदैन । एन्टीबायोटिक बाँकी रहयो भने त्यो पुन प्रयोग गर्नु हुन्दैन । एन्टीबायोटिक आवश्यकता नभएको अवस्थामा हतपति खानु हुन्दैन ।

यसैबीच विश्व एन्टीबायोटिक सचेतना सप्ताह नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । डिपार्टमेन्ट अफ क्लिनिकल फर्माकोलोजी, इन्स्टीच्युट अफ मेडिसिन र ग्लोबल एन्टीबायोटिक रेसिस्टेन्स पार्टनरसीप (गाभ नेपाल)को सहयोगमा गत मंगलबार देखि विविध कार्यक्रम गरी मनाइदै छ ।

विद्यार्थीको सहयोगमा हामीले सप्ताहव्यापी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका छौँ । यो कार्यक्रम हामीले आइओएम त्रिवि शिक्षण अस्पताल, कान्तिपुर डेन्टल कलेज र बसन्तपुरमा छुट्टा छुट्टै स्टलहरु राखेर आम सर्वसाधारणलाई यसबारे जानकारी दिइने गरेको छ । त्यस्तै उपत्यकाका ५ वटा स्कुलहरुमा आठ देखि १२ कक्षाका विद्यार्थीहरुलाई एन्टीबायोटिक रेसिस्टेन्सको अवस्था, हुने अवस्था आदिकोबारेमा जानकारी दिइन्छ ।

यसपालीको एन्टीबायोटिक वीकमा हामीले एउटा आकर्षणको रुपमा एउटा स्लोगन कम्पिटिसन पनि राखेका छौँ र उत्कृष्ठलाई पुरस्कार समेत दिनेछौँ ।

# डा. देव त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)मा क्लिनिकल फर्माकोलोजी विभागका सह प्राध्यापक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *