रक्सीले मात्तिएका प्रहरी इन्सपेक्टरद्धारा डिउटीका डाक्टरमाथि आक्रमण

सुनसरी १ मंसिर । रक्सीले मात्तिएका प्रहरी इन्सपेक्टरले चिकित्सकमाथि हातपात गरेपछि सुनसरी जिल्ला अस्पताल तनावग्रस्त भएको छ । विहिबार (हिजो)बेलुका सवा ६ बजे अस्पतालका डा. तुसार झा माथि रक्सीले मात्तिएका प्रहरी इन्सपेक्टर सन्तोषकुमार पोखरेलले आक्रमण गरेका थिए ।

सो को विरोधमा अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीले अहिले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । यस विषयमा छलफल गर्न जिल्ला प्रशासनमा ले अहिले १० बजे बार्ता बस्ने तयारी गर्दैछ ।

विहीबार बेलुका सडक दुर्घटनाका परेका जिल्ला प्रशासन कार्यालयका कर्मचारी रामचन्द्र भट्टराईलाई सो अस्पताल पुरयाइएको थियो । तर अस्पताल पुरयाउँदा उनको मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन् । उनी इन्सपेक्टर पोखरेलका भिनाजु भएको बताइन्छ ।

डा. झाका अनुसार रक्सीले मात्तिएका पोखरेलले पहिले देखिनै डिउटीका अरु कर्मचारी माथि दुव्र्यहार गरिरहेका थिए । अन्त्यमा आफू माथि समेत आक्रमण गरेको बताए । म यहाँको अनकल डाक्टर हुँ । मैले थाह पाएर आउँदा खेरै नै इन्सपेक्टरले बबाल गरिसक्नु भएछ । डा. झाले भने , ‘म गएपछि त म माथि नै दुव्र्यवहार गर्नु भयो ।’

आक्रमणपछि प्रहरीको ज्यादती भन्दै अस्पतलाका कर्मचारीले हिजो राती आकस्मिक सहितका सेवा ठप्प पारेका थिए । तर अहिले विहान आकस्मिक सेवा सञ्चालनमा आएको जिल्ला स्वास्थ्य सुनसरीका प्रमुख मुकुन्द गौतमले बताए । उनले समस्या सुल्झाउनका लागि अहिले विहान १० बजे जिल्ला प्रशासनमा बार्ता हुने समेत जानकारी दिए ।

अस्पताल पुगी लफडा गरेका इन्सपेक्टरलाई सुनसरीका एसपी विद्यानन्द माझीको टोलीले तत्काल नियन्त्रणमा लिएका थिए । एसपी माझीले मादक पदार्थ सेवन गरेको नगरेको भन्ने बारेमा मेडिकल जाँच पछि बोल्ने बताए ।

उता सो घटनालाई लिएर  स्वास्थ्यकर्मीहरु अस्पताल अगाडि र सडकमा धर्ना दिएर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरिरहेका छन् ।

चिकित्सकमाथिको आक्रमण सह्य नहुने भन्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, अस्पताल विकास समितिका अध्यक्ष रमेश कटुवाल, लगायतले ऐक्बद्धता जनाउँदै चिकित्सको आन्दोलनमा सहभागी भएका छन् ।

चिकित्सकमाथिको आक्रमणको विरोधमा सुनसरीका सबै स्वास्थ्य संस्था साँझदेखि नै बन्द भएका छन् भने दोषीलाई कारबाहीको माग गर्दै इलाम, उदयपुर, धनकुटा, पोखरा, सप्तरीलगायतका क्षेत्रमा डाक्टरले सेवा अवरुद्ध गरेको स्वास्थ्यकर्मी राजीव मेहताले जानकारी दिए ।

जिल्लाको पाँच वटा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकले घटना सुनेपछि राति ८ः३० बजे इनरुवा आइपुगेको र आन्दोलनमा सरिक भएको डा वसन्त यादवले जानकारी दिए । उता प्रहरी र प्रशासनले आफ्नो कमजोरी भएको भन्दै मिलाउने र वार्ता गर्ने तयारी गरिरहेको बुझिएको छ ।

आन्दोलनमा उत्रेकाले भने कारबाही नभएसम्म शुक्रबार बिहानैदेखि इनरुवा बजार बन्द गर्ने र स्वास्थ्यसंस्था समेत अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन्

खास भएको के हो ?

सुनसरी इनरुवा– ६ र ५ का बीचमा पर्ने गडन खोेला नजिकै हिजो साँझ ६बजे तिर एम्बुलेन्सको ठक्करबाट भट्टराईको मृत्यु भएको थियो । विराटनगरबाट इनरुवातर्फ आउँदै गरेको को १ च ७०३३ नं को एम्बुलेन्सको ठक्करबाट उनको मृत्यु भएको हो ।

इनरुवाबाट आफ्नो घर दुहबीतर्फ जाँदै गरेको भट्टराई सवार बा२४प ४२४४ नंको मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिँदा भट्टराइको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । यद्धपी उनलाई उपचारका लागि अस्पताल पुरयाइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *