एमबीबीएसको प्रवेश परीक्षा पुन: लिन आइओएमलाई त्रिविको सुझाव

काठमाडौँ, ३० कात्तिक । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को गत महिना सञ्चालित एमबीबीएस परीक्षा बदर गर्न सुझाव दिएको छ । केही बेर अघि सकिएको त्रिवि कार्यकारी परिषदको बैठकले यस्तो सुझाव दिएको हो । यद्धपी परीक्षाको बारेमा अन्तिम निर्णय भने आइओएमको परीक्षा समितिले लिनेछ ।

त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले छलफलले परीक्षामा मर्यादाविपरीतका कार्यहरु भएको अनुसन्धानले पुष्टी गरेको भन्दै यस परीक्षालाई मर्यादित भन्न नसकिने धारणा सहितको निर्देशन आइओएमलाई पठाएको बताए । उनले अन्तिम निर्णय भने आइओएम परीक्षा समितिले गर्ने जानकारी दिए ।

यता आइओएम परीक्षा समितिका संयोजक सहायक डीन प्राडा राजेन्द्र गुरागाईले भने त्रिवि कार्यकारी परिषदको निर्देशन कुरेर बसेको बताए । उनले भने, ‘हामीलाई निर्णय लिन त्रिविबाट निर्देशन आउनुपर्छ । त्यो आइसकेको छैन । आएपछि आवश्यक निर्णय लिइने छ ।’

गत २८ असोजमा भएको प्रवेश परीक्षामा डिभाईस सहित केही परीक्षार्थी भेटिएपछि पुन परीक्षा हुनुपर्ने आवाज उठेको थियो । त्यसयता त्रिवि, मेडिकल काउन्सिल र प्रहरीको अपराधन अनुसन्धान महाशाखाले छुट्टा छुट्टै रुपमा छानवीन गरी प्रतिवेदन बुझाएका थिए । सोही आधारमा त्रिविले आजको निर्देशन दिएको हो ।

यसो त परीक्षार्थी, महाराजगञ्ज क्याम्पसको स्ववियू, तीन ठूला राजनीतिक दलका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीले समेत परीक्षा पुन हुनुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम अघि बढाउदै छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *