मधुमेहबाट हरेक बर्ष झण्डै २० हजार अफगानीको ज्यान जान्छ

काबुल, ३० कात्तिक । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ ।

सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७७३ जनाको मृत्यु भएको देखाइएको छ, मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

मन्त्रालयले ८ लाख ४९ हजार जनालाई मधुमेह रोग लागेको पाइएको पनि जनाएको छ । मधुमेहका रोगी बढ्नुको कारण पत्ता लगाउने प्रयास भइरहेको मन्त्रालयको भनाई छ ।

नसर्ने रोगबाट मृत्यु हुनेहरूको संख्या धेरै भएकाले त्यसबारेमा आम नागरिकमा सचेतना अभिवृद्धि गर्नु अत्यावश्यक रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय मधुमेह महासंघ र विश्व स्वास्थ्य संगठनको पहलमा हरेक वर्षको नोभेम्बर १४ तारिखका दिन संसारभरी विश्व मधुमेह दिवस मनाउने गरिएको छ ।  रासस-सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *