एमबीबीएस प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको पुष्टी

काठमाडौँ, २९ कात्तिक । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को गत २८ असोजमा भएको एमबीबीएस प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको पुष्टी भएको छ । त्रिविद्धारा गठित छानवीन समितिले आज बुझाएको प्रतिवेदनमा सो दिन परीक्षा शुरु भएको एक घण्टा पछि नै प्रश्नपत्र बाहिरिएको उल्लेख छ ।

त्रिवि कार्यकारी परिषदको आज अपरान्ह ५ बजेपछि साढे तीन घण्टा बसेको बैठकमा नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको सुझाव, नेपाल मेडिकल काउन्सिलले दिएको सुझाव र त्रिविद्धारा गठित छानवीन समितिको प्रतिवेदन र सुझावबारे छलफल छलफल भएको थियो । यद्धपी बैठक निस्कर्षमा पुगिसकेको छैन ।

‘हामी भोली विहान पनि बस्दैछौँ । आज चाही तीनवटा निकायले गरेको अनुसन्धानबाट आएको प्रतिवेदन र दिएको सुझाव बारे व्यापक छलफल भयो । केही विषयमा छलफल गर्न अझै बाँकी नै छ । तर प्रतिवेदनले परीक्षाको विश्वसनीयतामा शंका गर्न मिल्ने ठाँउ स्पष्ट गरेको छ,’ उपकुलपति प्राडा खनियाले भने ।

यसअघि छानवीन समितिका संयोजक प्राडा चिन्तामणी पोखरेलले भाइवरबाट आएको प्रश्न उत्तर भिडाउदा १४ वटा मिलेको बताएका थिए ।
उपकुलपति प्राडा खनियाले भने, ‘कति मिल्यो मिलेन भन्ने भन्दा पनि प्रश्नपत्र बाहिरिएको हो कि होइन भन्ने हाम्रो चासो हो । प्रतिवेदनले बाहिरिएको संकेत गरेको छ ।’उनले भोली विहान बस्ने बैठकले ऐन नियम हेरेर आवश्यक निर्णय तथा निर्देशन दिने बताए ।

यता परीक्षामा सहभागी विद्यार्थी, महाराजगञ्ज मेडिकल क्याम्पसको स्ववियू मात्रै होइन आज देखि नेपाल विद्यार्थी संघको केन्द्रीय कमिटि तथा अनेरास्ववियूको केन्द्रीय कमिटिले समेत पुरानो परीक्षा खारेज गरी नयाँ परीक्षाको मिति सार्वजनिक गर्न विज्ञप्ती जारी गरी माग गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *