एमबीबीएस प्रकरणमा निर्णय लिन त्रिवि कार्यकारीको बैठक बस्दै

काठमाडौँ, २९ कात्तिक । ‘चिटिङ’ प्रकरणमा परेको आइओएमको एमबीबीएस प्रवेश परीक्षा पुन गर्ने कि पुरानैलाई निरन्तरता दिने भन्ने बारेमा त्रिवि कार्यकारी समितिको बैठक बस्दैछ । जाँच बुझ समितिले प्रतिवेदन औपचारिक रुपमा बुझ्दै बैठक बस्न लागेको हो ।

त्रिवि स्रोतका अनुसार आजको बैठकले पुरानै परीक्षालाई निरन्तरता दिने वा पुन परीक्षा लिने भन्ने बारेमा निधो गर्नेछ । भाइबरमा भेटिएको प्रश्नको उत्तर १३ – १४ वटा मिलेको पाइएपछि एक थरीले यसलाई समान्य रुपमा लिनुपर्ने र परीक्षा स्थगित गर्न नहुने तर्क राख्न थालेका छन् ।

तर अर्को थरीले भने उत्तर मिलाएर पठाउनु वा नपठाउनु सरोकार नहुने भन्दै प्रश्न बाहिरिएपछि यसको विश्वसनीयता गुमिसकेको भन्दै पुन परीक्षा लिनुपर्ने अडानमा छन् ।

स्रोतका अनुसार आइओएमका पदाधिकारीले धेरै उत्तर नमिलेको तर्क गरेका छन् । तर डिभाईस तथा भाइवरबाटै प्रश्न उत्तर भित्र बाहिर भएको अवस्थामा त्यसलाई सम्वेदनशील रुपमा लिनुपर्ने तर्क गरेका छन् ।

छानवीन समितिका प्रमुख प्राडा चिन्तमणी पोखरेलले १३ देखि १४ वटा प्रश्नका उत्तरहरु मिलेको बताए । उनले परीक्षा स्थगित गर्नुपर्ने वा निरन्तरता दिने निर्णय लिने काम त्रिविको भएको बताए । हामीले त अनुसन्धान गरयौँ रिपोर्ट बुझायौँ । बाँकी काम त्रिविको हो । उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *