झण्डै ६० प्रतिशत नर्स लाइसेन्स परीक्षामा फेल

काठमाडौँ, २६ कात्तिक । नर्सिङ अध्ययन उत्तीर्ण गरी लाइसेन्स लिन दिएको परीक्षामा झण्डै ६० प्रतिशत फेल भएका छन्। नेपाल नर्सिङ काउन्सिलले शनिबार (हिजो) लिएको १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा पास प्रतिशत ४१.३५ मात्रै रहेको छ ।

काउन्सिल अध्यक्ष गोमा निरौलाका अनुसार परीक्षामा सहभागी भएका १ हजार ९७८ जनामध्ये ८१३ जना मात्रै उर्तीर्ण भएका हुन् । यसमध्ये केहीले परीक्षामा सहभागिता जनाएका थिएनन् ।

अध्यक्ष निरौलाले यसपटकको परीक्षामा आरक्षण कोटा र भारतबाट अध्ययन गरेर आएका परीक्षार्थीहरुको संख्या बढी भएको र फेल हुने समेत उनीहरु बढी भएको बताइन ।

‘फ्रेस भन्दा पनि यसपटकको परीक्षामा धेरैपटक अनुतिर्ण हुनेहरुको सहभागिता बढी भएको पाइयो । यसको पनि असर हुनसक्छ,’ उनले भनिन् । उनले नतिजाबाट आरक्षणमा भर्ना हुने र विदेशमा अध्ययन गर्नेको गुणस्तरमा सोच्न बाध्य बनाएको बताइन ।

काउन्सिलका अनुसार गत भदौसम्म नेपालमा नर्स ४३ हजार ९२४, अनमी २८ हजार ६९८ र विदेशी नर्स ८३१ जना गरी ७३ हजार ४५३ जना दर्ता भएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *