विश्वभर पाँच करोड बीस लाख बालबालिका हेपाटाइटिसबाट प्रभावित

लस एन्जेल्स, १८ कात्तिक । सेन्ट्रल अफ डिजिज अनलाइसिस फाउण्डेसन–कोलोराडो र इजिप्टको ऐन साम्स यूनिभर्सिटीले संयुक्त रूपमा विश्व हेपाटाइसिस सम्मेलनमा यही नोभेम्बर १ मा पेश गरिएको तथ्याङ्क अनुसार सन् २०१६ मा विश्वभर करिब पाँच करोड २० लाख बालबालिका हेपाटाइटिसका विभिन्न समस्याबाट प्रभावित रहेका पाइएको जनाइएको छ ।

ब्राजिलको साओ पाओलोमा हालै भएको सम्मेलनमा विश्वभर दुई करोड १० लाख बालबालिका एचआइभि/एड्सबाट प्रभावित भएका तथ्याङ्क पेश भएको छ । त्यसैगरी सम्मेलनमा विभिन्न किसिमका हेपटाइटिसका कारण विरामी बालबालिकाको सङ्ख्या तीन करोड २५ लाख भएको जनाइएको छ ।

सङ्क्रमित बालबालिकामध्ये चालीस लाख १९ बर्ष मूनिका बालबालिकालाई हेपाटाइटिस सी देखिएको छ भने चार करोड ८० लाख अठार बर्ष मूनिका कालकालिकामा हेपाटाइटिस बी देखिएको तथ्याङ्क छ ।

यी दुवै रोगको सङ्क्रमणबाट कलेजोमा प्रभाव पर्ने, कलेजोको क्यान्सर हुने र अन्ततः मृत्युसमेत हुन्छ ।

हेपाटाइटिस मामिला हेर्ने अन्तर्राष्ट्रिय सङ्गठनका कार्यकारी प्रमुख रकुएल पेकले भने, “विश्वभर बालबालिकामा हेपाटाइटिसको ठूलो समस्या देखिएको र ठूलो सङ्ख्यामा सर्वसाधारणको सङ्क्रमणका कारण मृत्यु हुनेगरेको छ ।”
“यसमा पनि अझ डरलाग्दो कुरा के छ भने धेरै सङ्क्रमित शिशु र बालबालिकामा त रोगको पहिचान नै हुन नपाउने गरेका वा उपचार नै नहुने गरेको छ । ”

सङ्क्रमितको ८० प्रतिशत विश्वका विभिन्न २१ विकासोन्मुख मुलुकले ओगटेको तथ्याङ्कमा जनाइएको छ । बालबालिकामा पाइने प्राय सङ्क्रमण आमामा भएको सङ्क्रमणबाट आउने गरेको र कतिपय अन्य कारणबाट पनि सङ्क्रमित भएका पाइने गरेका छन् । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *