निःशुल्क औषधिको संख्या ८० पुग्यो

काठमाडौँ, १८ कात्तिक । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका औषधिको संख्या बढाएर ८० पुर्‍याएको छ । चालू आर्थिक वर्षदेखि नै सरकारले ८० प्रकारका औषधिलाई निःशुल्क बनाएको हो । यसअघि ७० प्रकारका औषधि निःशुल्क पाइन्थ्यो ।

स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखा प्रमुख भोगेन्द्र डोटेलले मानसिक र नसर्ने रोगका औषधिको मात्रा थप गरिएको जानकारी दिए । उनका अनुसार अब मानसिक रोगका ६ र नसर्ने रोगका ४ गरी १० प्रकारका औषधि पनि निःशुल्क पाइनेछ ।

पछिल्लो समय नसर्ने रोगका बिरामीहरूको संख्या बढ्न थालेपछि सरकारले त्यसको न्यूनीकरणका लागि औषधि थप गरेको बताएको छ ।

आयुर्वेदका अत्यावश्यक औषधि पनि निःशुल्क :

  • अम्लपित्त– अबिपतिकर चुर्ण
  • उदर रोग– हिंवाष्टक चुर्ण
  • बातब्याधी– महायोगराज गुगुलु, महानारायण तेल
  • श्वासविकार– सितोपलादी चुर्ण, टंकन भष्म
  • स्त्रीरोग– पुष्यानुग चुर्ण
  • बालरोग– बाला अमृत, मृग मधासढ
  • उच्च रक्तचाप– सर्पगन्धावती
  • छाला रोग– निमवदी चुर्ण, गन्धक रसायन
  • कान, नाक, मुख, दन्त र कण्ठरोग– खजिरवधिवती, षदबिन्दु तेल
  • आमवाद– योगराज गुगुलु
  • ज्वरो– महा सुदर्शन चुर्ण
  • अतिसार, ग्रहनी– महाशंखवती, विलवादी चुर्ण
  • वातरक– कैसुर गुगुलु

थप गरिएका निःशुल्क औषधि 

  • इनालाप्रिल ट्याब्लेट : (५ एमजी र २.५ एमजी – नसर्ने रोग)
  • एटोभास्टार्टिन ट्याब्लेट : (१० एमजी – नसर्ने रोग)
  • रेस्पेरिडोन ट्याब्लेट : (१ एमजी र २ एमजी – मानसिक रोग)
  • फ्लुक्जेटिन क्याप्सुल : (१० एमजी र २० एमजी – मानसिक रोग)
  • भ्याल्पोरिक एसिड ट्याब्लेट: ( २०० एमजी र ३०० एमजी – मानसिक रोग)
  • ट्राइहेक्जी फेनिडाजोल ट्याब्लेट : (२ एमजी – मानसिक रोग)
  • थाइमिन ट्याब्लेट : (१०० एमजी – मानसिक रोग)
  • डाइजेपाम ट्याब्लेट : (२ एमजी र ५ एमजी – मानसिक रोग)
  • मेटाफोर्मिन ट्याब्लेट : ( ८५० एमजी – नसर्ने रोग)
  • हाइड्रो क्लोरो थियाजिन ट्याब्लेट : (६.२५ एमजी – नसर्ने रोग)

आजको नयाँ पत्रिकामा समाचार छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *